धनगढीः धनगढीको नगर प्रहरीले दुई तरकारी व्यापारीलाई नियन्त्रणमा लिएको छ। कृषक कार्ड नबनाएर वडा नम्बर-१ स्थित त्रिनगर कृषि हाट बजारमा तरकारी बेच्न लागेका साहिल खान र शाहरुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो। गेटमा चेक गर्दा कृषक कार्ड नभएको र हाटबजारभित्र जबरजस्ती गएको नगर प्रहरीले बताएको छ। कार्ड माग्दा गालीगलौज गरि आफ्नो तरकारी आफै फालेर नगर प्रहरीसँग झगडा गर्न आएकाले नियन्त्रणमा लिएको बताइएको छ। वास्तविक किसानहरुले आफूले उत्पादन गरेका उपजहरु बिक्रि बितरण गर्न नपाएकाले उपभोक्तालाई विक्रि गर्नसहज होस् भनेर उपमहानगरपालिकाले किसानहरूलाई कृषक कार्ड बनाउन भनेको छ।
Author: महेन्द्रनगर पोष्ट
झापा : नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका–५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
पोखरा : पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दाङ: दाङको तुलसीपुरमा एउटा कोठामा दाजुभाइ मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरू कोठा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ। मृतक पूर्णबहादुरकी श्रीमती माइत रुकुमबाट फर्केपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मृतक दाजुभाइ रोजगारीका सिलसिलामा भारत आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन्।
कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।” सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग…
काठमाडौं अस्ट्रेलियाविरुद्ध खेलिने टी–२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा गरिएको छ। सूर्यकुमार यादवलाई टीमको नेतृत्व सुम्पिएको छ। यो श्रृंखलामा भारत र अस्ट्रेलियाले पाँच वटा टी–२० खेल्ने छन्। सूर्यकुमार यादवले कप्तानी गर्ने श्रृंखलामा ऋतुराज गायकवाडले उप–कप्तानी गर्नेछन्। अन्तिम दुई खेलामा टीममा आवद्ध हुने श्रेयसलाई ती खेलमा उपकप्तानीको जिम्मेवारी दिइने छ। यस्तो छ भारतीय टीम सूर्यकुमार यादव (कप्तान) ऋतुराज गायकवाड (उप–कप्तान) ईशान किशन यशस्वी जायसवाल तिलक वर्मा रिंकू सिंह जितेश शर्मा (विकेटकीपर) वाशिङ्टन सुन्दर अक्षर पटेल शिवम दुबे रवि बिश्नोई अर्शदीप सिंह प्रसिद्ध कृष्णा आवेश खान मुकेश कुमार
धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ। उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो। प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए। उनले भने, ‘उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौँ।’ प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन…
काठमाडौं : बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् । बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् । गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए…
कैलाली : धनगढीमा चरेससहित १ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट अवैध लागुऔषध चरेस ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका–२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी…