Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकादेखि तोली जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन्। बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

Read More

धनगढीः कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिको सामान बराद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क, भजनी नगरपालिका–३ ठेकीपुल, भजनी–५ जुठाघाट, भजनी–६ थापापुर र भजनी–८ जनकपुरबाट भारतबाट भन्सार छलि गरेर ल्याएको सामान बरामद गरेको छ। भन्सार छलि गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मुल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको बुधबार रुखबाट लडेर मृत्यु भएको हो। बिष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी थिइन्। गम्भिर घाईते भएकी बिष्टको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा गएराति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति सडक दुर्घटनामा परी ज्यान गुमाएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको बताए। प्रमोदले मृतकका केही आफन्तहरु शव लिन नैनीताल पुगेका बताए । “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।” पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल ल्याइदै छ। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा दोस्रो कमल स्मृति भलिबल तथा डेउडा प्रतियोगिता बुधबार बाट देउलेखमा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले गरेको हुन। उद्घाटन समारोहका प्रमुख अतिथि जैसीले प्रतियोगिता आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले सम्भव भएसम्म कमल स्मृती कोष स्थापना गरेर आगामी दिनहरुमा यस्तै रचनात्मक कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए । साथै बित्थडचिरमा युवाहरुको खेलप्रतिको उत्साह देखेको बताउदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले एमालेको एक बृहत…

Read More

धनगढी : कैलालीको लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–२ का ३२ वर्षीय त्रिभुवन चन्दको कोठाबाट ६ ग्राम एक सय मिलिग्राम लागुऔषध, ४१ हजार नगद रुपैयाँ र एक मोबाइल फेला परेको प्रहरीले बताएको छ। बुधवार पक्राउ परेका चन्दलाई प्रहरीको हिरासत कक्षमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको मालाखेती प्रहरीले बताएको छ।

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायको डीनमा प्राध्यापक मुकुन्द प्रसाद कलौनीलाई नियुक्त गरिएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को चैत्र ३ गतेको निर्णय बमोजिम कलौनीलाई आज दुई बर्षको लागि डीनमा नियुक्त गरिएको हो । तत्कालीन डीन कर्णबहादुर थापा निमित्त उपकुलपति भएपछि कलौनीलाई जिम्मेवारी दिइएको हो। यस्तै ३० वर्षीय भीमबहादुर फडेरालाई कानुन संकायको संयोजकको जिम्मेवारी दिइएको डीन कलौनीले जानकारी दिए।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने निष्कर्षमा पुगेको छ। गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेदबीच बुधबार धनगढीमा भएको छलफलमा नाउपा सांसदहरू नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेका छन्। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलाश चौधरीले सुदूरपश्चिममा नेतृत्वसहित नाउपा सरकारमा जाने निष्कर्षमा पुगेको बताए। नाउपाभित्रको विवादपछि पहिलो पटक नाउपाका सांसद एकैठाउँमा उभिएका हुन। यो छलफलमा संरक्षक रेशम पनि उपस्थित थिए। सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्। यस्तै, उनले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन्। गठबन्धनका विषयमा…

Read More

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प २७४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ११ वर्षीय मनोज भुललाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ। मंगलबार राति साढे ११ बजेको समयमा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : बाजुराको बूढीनन्दा नगरपालिकामा डम्पिङ साइड बनाउने भन्दै दुइटा खाल्डा खनेर पौने २ करोडभन्दा बढी बजेट खर्च गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खड्काबाडा गाउँमाथिको वनमा डम्पिङ साइड बनाइएको थियो । डम्पिङ साइडको नाममा दुइटा खाल्डा मात्रै बनाउन नगरपालिकाले १ करोड ८९ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । त्यही पनि प्रयोग हुन नसकेपछि नगरपालिकाले वडा नम्बर १ मा फेरि अर्को बनाउने तयारी थालेको छ । करिब ४ वर्षअघि उक्त डम्पिङ साइड बनाउँदा नै स्थानीयबासीले विरोध गरेका थिए । डम्पिङ साइड निर्माणका लागि लागेको ठेक्का पनि मिलेमतोमा भएको आरोप स्थानीयको छ…

Read More