Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालन सुरु गरेको छ । ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरे अनुसार सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी नंम्वर ३५ गण झलारीले कञ्चनपुरको पुनर्वास ११ डोकेबजार बाट कार्यक्रम सुरु गरेको हो । अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले जानकारी दिए । संगठनको योजना अनुसार चैत्र २५ गते बाट २४सै घण्टा सिमामा परिचालन हुनेगरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल गस्ती कार्यक्रम सुरु भएको छ । सिमास्तम्भ नम्बर ७५२÷७ बाट…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी आएका छन् । डिएसपी प्रकाश डाँगीको नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएपछि जोशी आएका हुन् । जोशी आइतबार प्रहरी कार्यालयमा हाजिर भएका छन् । जोशीलाई प्रहरी उपरीक्षक चक्रराज जोशीले स्वागत गरेका छन् । जोशी प्रहरी बृत सातदोबाटो ललितपुरबाट सरुवा भएर आएका हुन् ।

Read More

काठमाडौं : डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।

Read More

धनगढी : धनगढी उपचार गर्न आएकी बझाङकी एक महिला बेपत्ता भएकी छन्। बझाङको बुङ्गल नगरपालिका ४ खिरातडीकी अन्दाजी ३५ वर्षीय पम्मा कार्की सोमवार धनगढी ९ बङ्ग्रा धनगढी गाउँ क्षेत्रबाट हराएको कार्कीका श्रीमान खडक कार्कीले बताए। गहुँगोरो वर्ण, गालामा कालो कोठी भएकी निलो म्याक्सी र रातो सल, नाकमा मुन्द्रा लगाकी कार्की बाटो बिर्सिएर हराएको उनको परिवारले बताएको छ। सोमवार बिहान ६ बजेको समयमा हराएकी कार्कीलाई भेट्नेले नेपाल प्रहरी अथवा मोबाइल नम्बर ९८४९७७९७६५ र ९७४८८६३५७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको थियो। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित ७ जना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ। यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर…

Read More

धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–१ मा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्त पक्राउ परेका हुन्। उनलाई अवैध काठसहित शुक्रबार पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए। पन्तले अवैध रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए। अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

Read More

धनगढी: धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध कण्डमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए। उनकाअनुसार चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो। बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ। चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे प्रहरीकाे भनाइ छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एकै दिन दुई घर र एक गोठमा आगलागी भएको छ। दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलका हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आइतवार बिहान आगलागी भएको हो। आगलागीबाट उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन, लत्ताकपडा अन्नपात लगायतका सामान जलि अन्दाजी पाँच लाख बराबरको क्षती भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो। यस्तै, कृष्णपुर नगरपालिका–४ किचाहीमा भागरथी बिष्टको काठले बनेको गाई गोठमा आज दिउँसो आगलागी भएको छ। आगलागीबाट गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको छ भने अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको…

Read More

धनगढीः धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का २४ वर्षीय भगतराज राना रहेका छन्। रानालाई धनगढी–२ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीले पक्राउ गरेको हो। रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण चैत २९ गतेदेखि सुरु गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गर्ने बताए । अभियान आगामी जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने उनले जानकारी दिए । देउजाका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ । अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ…

Read More