Author: महेन्द्रनगर पोष्ट

डोटी: सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ । उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए। कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए। उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

Read More

काठमाडौँ : कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो। सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन्। ‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन्।

Read More

धनगढी : बझाङमा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी ११ हजार ६१२ मतसहित प्रदेश सभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै निर्वाचित भएका हुन्। सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे। एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विसं २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका थिए। उनले नेपाल…

Read More

धनगढी: बझाङको उपचुनावमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको धरौटी जफत भएको छ। उपचुनावअन्तर्गत बझाङ-१ को (क) मा नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको हो। बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। तीमध्ये २९ हजार ७०४ मत सदर भएको थियो। यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मतमात्र पाए। सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ। जहाँ नेकपा एमालेका उम्मेदवार निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ। यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए। यहाँ प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको…

Read More

बझाङ: बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्। एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए। यस्तै यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याउँदा नेकपा (एस) का दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्। उपचुनावअन्तर्गत बझाङ-१ (क) मा नेकपा एमालेका उम्मेदवार भण्डारी विजयी भएका हुन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको थियो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्। गत निर्वाचनमा यहाँ…

Read More

कैलाली: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको गणनामा एमाले र काङ्ग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। तलकोटको सबै वडा गणना हुँदा सम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३४१ मतले लिड गरिरहेका छन्। भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन्। अब गणना गर्न साईपाल गाउँपालिका बाकी छ।

Read More

इलाम : उपनिर्वाचनको जारी मतगणनामा इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त ल्याउनुभएको छ। नेम्वाङ र खड्काबीचको मतान्तर ३ हजार ७ सय ५४ रहेको छ। त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २…

Read More

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी…

Read More

सुर्खेत : कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँमा दुर्घटना भएको हो । छातिदेखि दहिखोलातर्फ जादै गरेको क.प्र. ०२–००१ क ०१२९ नम्बरको स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

Read More

धनगढी: बझाङमा उपनिर्वाचनको मतगणना फेरि सुरु भएको छ। यस अगाडि नेपाली काँग्रेसले लफडा मुचुल्का हराएको भन्दै लफडा गर्दा मतगणना केहीबेर रोकिएको थियो। तर मुचुल्का भेटिएपछि फेरि मतगणना सुरु भएको बताइएको छ। अहिले तलकोट गाउँपालिका ४ को मतगणना हुँदै छ। अहिलेसम्मको गणनामा नेकपा एमालेका उम्मेदवार दमबहादुर भण्डारीले अग्रता बढाइरहेका छन्। यस अगाडि काँग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएकोमा फेरि भण्डारी अगाडि गएका हुन्। तलकोटपछि साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More