धनगढी: डोटीबाट प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन्। यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन्। सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको औँल्याए।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ। आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्। अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका हुन्। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।
धनगढी : कैलालीमा एक जना चरेससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-५ गेटाका रामनाथ राना रहेका छन्। रानालाई आज (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले समातेको हो। उनी सेप ९६६८ नम्बरको मोटरसाइकलको बायाँ पट्टि लेगगाडमा चरेस राखेर गेटाबाट राजपुर बिक्रीका लागि गइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनको साथबाट ८६० ग्राम लागूऔषध चरेस फेला पारेको प्रहरीले जनाएको छ। उनलाई अहिले इलाका प्रहरी मालाखेतीमा बुझाइएको छ। थप अनुसन्धान भइरहेको छ।
काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेका छन्। नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। ब्युरोले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको थियो। भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए। पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो। त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र…
धनगढी : नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता भएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएपछि छानबिनको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघले प्रशासनमा निवेदन दिएको हो। नक्कली टिकटको विवाद बारे उचित छानबिनको माग गर्दै निवेदन दर्ता गराएको संघका महासचिव शंकर खड्काले जानकारी दिए। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए। र, यो पनि : अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट फेला
डडेल्धुराः डडेल्धुरामा मजदुर ठगिएका छन्। जिल्लाको आलिताल गाउँपालिका–७ का २० जनाभन्दा बढी मजदुर ठगिएका हुन्। आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजना कार्यान्वयनको दौरानमा डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दिर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित अमर धामीले बताए। उनका अनुसार यी निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएका थिए। तर, गत वैशाखमा काम गरेको भएपनि ज्याला नपाएको पीडितको भनाइ छ। ‘गत वर्ष बैशाखदेखि काम गरेका हौं। काम गर्ने २०/२२ जना हौं। पेटी ठेकेदार मार्फत हामीले काम गरेका हौं,’ उनले भने। पीडित १० जना मजदुरले ज्याला ठगी गरेको र आफूहरूले ज्याला नपाएको…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। ‘जय श्रीराम’ भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन्। त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन्। मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन्। उनीहरूको सद्गुण र…
बझाङ: बझाङमा एक किशोरी मृत भेटिएकी छिन्। जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत भेटिएकी हुन्। आज बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ।
धरान: करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
डोटी : डोटीको जोरायल गाउँपालिकाले पन्ध्र दिनभित्र छाउगोठ हटाउन अल्टिमेटम दिएको छ। पालिकाभित्रका विभिन्न ठाउँबाट छाउगोठ र बालविवाह भैरहेको बारे जनगुनासा आइरहेका हुँदा गाउँपालिकाले ६ वटै वडा कार्यालयलाई आवश्यक पहल गर्न भन्दै आइतबार उक्त अल्टिमेटमसहितको पत्र काटेको हो। उक्त अवधिभित्र छाउगोठ नहटाए गाउँपालिकाले आवश्यक कारबाही गर्ने जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। गाउँपालिकाभित्र विभिन्न समुदायमा छाउगोठ हटाउन र बालविवाह रोक्न गाउँपालिकासँगै विभिन्न संघसस्थाले छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र समुदायले पनि प्रतिबद्धतासहित सहमती जनाएको भए पनि कार्यान्वयन नगरेकाले जोरायल गाउँपालिकाले यस्तो कदम चालेको भट्ट बताउँछन्।