काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्,‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए-देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडाैं : नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो । उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ । यस्तै कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा…
काठमाडौं : गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए । यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
कैलाली : कैलालीको टीकापुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित टीकापुर–२ का १७ वर्षीय किशोर सोमबार साँझ पक्राउ परेका हुन् । किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेटभित्र लुकाई राखेको लागुऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडाैं- गत शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका दैलेखका सुजन राउतको शव पोष्टमार्टम गरिएको छ । गए राति पाटन अस्पतालमा शव पोष्टमार्टम भएको हो । आज उनको शव सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिने भएको छ । शवलाई सुर्खेतबाट सेनाको अर्को हेलिकोप्टरमा राखेर मृतकको घर दैलेखमा आजै दिउँसो लगिने जानकारी दिइएको छ । शुक्रबार मारिएका दुई जना युवकको परिवारसँग सहमति भएपछि सरकारले शव बुझाउन आवश्यक प्रक्रिया थालेको छ।
काठमाडौं : सरकारले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । सोही निर्वाचनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भई आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन…
धनगढी : कैलालीको धनगढीमा रहेको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
कैलाली : कैलालीको अत्तरियामा रहेको एक पसलमा सोमबार साँझ आगलागी भएको छ। गोदावरी नगरपालिका–१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत् सर्ट भई आगलागी भएको हो। सञ्चालकले बन्द गरेर घर गइसकेका अवस्थामा पसलमा आगलागी भएको थियो। आगलागी भएको देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
बझाङ : बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राति जयपृथ्वी नगरपालिकाको जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । दुर्घटनामा परि बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका- ९ सिमखेतस्थित पुरानो बसपार्क नजिक सुपप्र २४५३ नम्बरको जेसीबी दुर्घटना भएको थियो । जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
काठमाडौं : गृह मन्त्रालय नयाँ प्रहरी ऐन ल्याउने तयारीमा लागेको छ । प्रदेश सरकारहरूले प्रहरी समायोजनका लागि जोड दिएपछि गृहले छलफललाई तीव्रता दिएको हो । तीन साताअघि सातै प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनका लागि एक महिनाको समय दिँदै आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरी समायोजन र नयाँ प्रहरी ऐनबारे बिहीबार गृह तथा शुक्रबार प्रहरी प्रधान कार्यालयमा विस्तृत छलफल भएको छ । गृह प्रशासन सुधार समितिका अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, समितिका सदस्य रहेका पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललगायतको उपस्थितिमा छलफल भएको हो । नयाँ ऐनमा प्रहरीको उमेरको सेवाहद, भर्नाको उमेर, बढुवाका प्रावधानसम्बन्धी विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै प्रहरीको नयाँ ऐनमा बढुवाका प्रावधान संशोधनबारे पनि छलफल भइरहेको छ ।