Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।  नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । 

Read More

काठमाडौँ : काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए। 

Read More

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्‍याएको हो। पक्राउपछि सिरोहियालाई गाडीमा बीपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्‍याइएको हो। कार्यकक्षबाटै पक्राउपछि आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइएको थियो।

Read More

काठमाडौं : नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम ९४० अनुसार प्रकाशित गरिएको छ । बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् । बढुवा सुचिको पहिलो नम्बरमा अवरेन कुमार राय छन् । ssi_7176-1Download

Read More

काठमाडौं : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ । अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । त्यही आरोपमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ । विशेष अदालतले रोहितमान प्रधानलाई…

Read More

काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएसँगै खाली भएको एसएसपी पदमा पनि बढुवाको गृहकार्य भएको छ । बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा अब चार एसएसपी दरबन्दी रिक्त हुने भएको छ । रिक्त चार एसएसपीको दरबन्दीमा बढुवाका लागि गृहकार्य सुरु गरिएको छ । गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन् । एसएसपी बढुवाका…

Read More

काठमाडौं : नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा गरेको हो । साथै उनीहरुलाई सईबाट वरिष्ठ सईमा बढुवापछि पदस्थापन पनि गरिएको छ । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ । ssi_7176Download

Read More

काठमाडौँ : ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाहरूको योगदानको प्रशंसा गरेका छन् । बेलायतस्थित नेपाली दूतावासका अनुसार नेपाल र बेलायतबिच मैत्री सन्धिमा हस्ताक्षर गरिएको एक सय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा सुनकले द्विपक्षीय ऐतिहासिक सम्बन्धको विभिन्न आयामका बारेमा पनि चर्चा गरेका थिए । ब्रिटेनका राजा चार्ल्सको विगतमा भएको नेपाल भ्रमणको स्मरण गर्दै सुनकले विभिन्न क्षेत्रमा ख्यातीप्राप्त नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए । आगामी दिनमा ब्रिटेन र नेपालबिच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने उनको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटेनका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मियाँले संविधान मार्फत मुस्लिम समुदायको लागि थुप्रै अधिकार स्थापित भएको र अब कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताएका थिए । ‘हाम्रो सबै भन्दा राम्रो संविधान बनेको छ । उक्त संविधानले मुस्लिम समुदायलाई थुप्रै अधिकार दिएको छ त्यस्तो अधिकार छिमेकी मुलुकमा पनि छैन’ उनले भने, ‘अब अधिकार स्थापित गर्नु पर्छ । प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिकहरूको चेतनाको स्तर बढाउन आवश्यक रहेको टिप्पणी गरेका थिए । उनले शिक्षा स्वास्थ्य र नागरिकतामा समस्या रहेको…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। एपीएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। इलाइट एक्सपेड नेपाल एपिएफ एभरेस्ट एक्सपिडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनले यसबीच सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरे। एपीएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी…

Read More