Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: उत्तराखण्डको प्रसिद्ध नानकमत्ता गुरुद्वाराका प्रमुख बाबा तरसेम सिंहलाई गोली हानी मार्ने सुटर अमरजीत सिंहको इन्कान्टर गरिएको छ। भारतीय प्रहरीको उत्तराखण्ड एसटीएफ र हरिद्वार पुलिसले भगवानपुर थाना क्षेत्रमा उनको इन्काउन्टर गरेका हुन्। प्रहरीका अनुसार एक सुटर मुठभेडमा मारिएका छन् भने उनका अर्का सहयोगी फरार छन्। अहिले एसटीएफ र प्रहरी उनको खोजीमा जुटेका छन्। हालै नानकमत्तामा तरसेम सिंहको मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानी हत्या गरेका थिए। उत्तराखण्डका प्रहरी महानिदेशक (डीजीपी) अभिनव कुमारका अनुसार इन्काउन्टरमा मारिएका अमरजीत सिंह उर्फ ​​बिट्टुको खोजीका लागि १ लाख रुपैयाँको इनामसमेत राखिएको थियो। यस्तै प्रहरीले सो घटनामा अन्य ७ जना योजनाकार र सहयोगीलाई पनि पक्राउ गरेको…

Read More

-खगेन्द्र गिरी कोपिलाअधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी शाहको जन्म श्री ५ त्रिभुवनकी जेठी पुत्रीको रुपमा माता श्री ५ कान्ति राज्यलक्ष्मी देवी शाहको गर्भबाट विक्रम संवत् १९७९ सालमा भएको थियो। जन्मिदा मूल परेर जन्मेको कारणले घरपरिवारलाई पीडा दिने योग रहेको भन्दै उनको पालनपोषण फुपु रमा राज्यलक्ष्मी राणाको घरमा भएको थियो। जन्मकुण्डली मिलाएर मात्रै विवाह गर्ने चलन रहेको त्यो समयमा मूल परेर जन्मेको कारणले उनीसित विवाह गर्ने केटा नै पाइएनन्। बल्लबल्ल भारतको सिकर राज्यका राजकुमार हरदयाल सिंह उनीसित विवाह गर्न तयार भए। राजकुमार हरदयाल सिंहले पहिले विवाह गरेर पत्नीसित पारपाचुके गरिसकेका थिए। पारपाचुके गरिसकेको केटा भए पनि बल्लबल्ल भेटिएको केटा भएकोले उनीसित राजकुमारी…

Read More

धनगढी: कैलालीमा दिदीबहिनी एकैदिन मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान ७ बजेको समयमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० थेवरस्थित कलेशु चौधरीका २ छोरी मृत फेला परेकी हुन्। प्रहरीका अनुसार मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरू दुबैजनाले काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको आफ्नै सुत्ने कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा भेटिएको जनाएको छ। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा रहेको एक कटेजबाट १० जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ घोडसुवा स्थित सोही ठाँउ बस्ने ५८ वर्षीय रामशरण रानाले संचालन गरेको ग्रिनपिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालकसहित १० जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजबाट उनिहरुलाई नगद ५८ हजार १९० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Read More

धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीभित्र विवादहरु बल्झिदै जाने क्रममा प्रदेश सभामा संसदीय दलका नेता रहेका घनश्याम चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको छ । घनश्याम आर्थिक मामिला मन्त्री समेत हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन् । अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ । अध्यक्ष चौधरीले…

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुनमा टी–२० विश्वकपमा नयाँ जर्सी लगाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच विश्वकपमा लगाउने जर्सी सार्वजनिक गरेको हो। जर्सीको युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र राष्टिय खेलकुद परिाष्द्का सदस्यसचिव टंकलाल घिसिले सार्वजनिक गरेका हुन्। नेपाली टोलीको यो पटकको जर्सी केल्मीले निमार्ण गरेको हो। नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नयाँ जर्सी प्रयोगमा ल्याउनेछ। नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सम्मिलित समुह डी मा रहेको छ। नेपाली टोलीले आगामी जुन ४ मा नेदरल्याण्डससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। यसअघि क्यानले खुला स्पर्धाबाट आदर्श पोखरेलले…

Read More

काठमाडौँ : काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न कार्य विभागका प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो क्षति भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्थलगत निरीक्षणका लागि मन्त्रालय र काठमाडौं जिल्लाका सुरक्षा अधिकारीसहित पुगेका थिए। सशस्त्रका अधिकारीहरूले बन्द रहने उक्त स्टोरमा विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी दिएका छन्। त्यसक्रममा गृहमन्त्रीले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट घटनाको जाँच गर्न निर्देशन दिएका थिए। उनले सशस्त्र प्रहरीलाई एक छानबिन समिति बनाउन पनि सुझाएका थिए। लगत्तै सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले…

Read More

काठमाडौं : टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी-२० खेल खेल्न काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

Read More

धनगढी : धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । जहाजको दुबै तिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ । नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् । जहाजमा रहेका यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो । त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरिक्षण गरेको थियो ।…

Read More

काठमाडौं : घुससहित पक्राउ परेका प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगको बर्दिबासबाट खटिएको टोलीले गत माघ २७ गते बीस हजार रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएपछि आज मुद्दा दायर गरेको बताइएको छ । अनुसन्धानको क्रममा सेवाग्राहीको जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश कार्यान्वयनका निम्ति आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गरिदिने नाममा घुस लिएको खुल्न आएको जनाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बीस हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र सजाय हुन मागदाबीसहित…

Read More