Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौ : जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

Read More

काठमाण्डौ : पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ। सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले अनुरोध गरेको छ। केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो। यसअघि केन्द्रले सबै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक/पाठ्यसामग्री/सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको थियो।

Read More

पर्वत । कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकमा भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान बा १ च ८५१ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कारपीयो आपसमा ठक्कर खाएका थिए। हायसमा सवार १४ जना यात्रु मध्ये आठ जना घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको छ। उक्त हायसमा ११ जना चिनियाँ नागरिक सवार थिए। घाइते हुनेमा ४० वर्षीया वाङ छियाओसेन, ६४ वर्षीय वाङ योहु, ६१ वर्षीय छुछीयाओपिङ, ४० वर्षीया वङजुअङ, ५१ वर्षीय छेन जियानपिङ, ६२ वर्षीय सेन जियानपिङ, ५१ वर्षीया हिएन युमेइ…

Read More

काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

Read More

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पञ्जाव किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ ।दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन । आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।

Read More

काठमाडौं । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ ।सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ । सँगै खोप लगाउन…

Read More

आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ ।…

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले संविधानको धारा १६८ को ९२० अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन ।प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले बताएका छन । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको…

Read More

काठमाडौं । कोशी प्रदेशसभाको आज बैठक दिउँसो १ बजे बस्दैछ ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन । तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने दाबी गरेका छन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार…

Read More

काठमाडौँ : पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए। उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए। पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए। स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो।

Read More