पर्वत । कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकमा भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान बा १ च ८५१ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कारपीयो आपसमा ठक्कर खाएका थिए।
हायसमा सवार १४ जना यात्रु मध्ये आठ जना घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको छ। उक्त हायसमा ११ जना चिनियाँ नागरिक सवार थिए।
घाइते हुनेमा ४० वर्षीया वाङ छियाओसेन, ६४ वर्षीय वाङ योहु, ६१ वर्षीय छुछीयाओपिङ, ४० वर्षीया वङजुअङ, ५१ वर्षीय छेन जियानपिङ, ६२ वर्षीय सेन जियानपिङ, ५१ वर्षीया हिएन युमेइ र ६३ वर्षीय छाङ छिमिङ रहेका छन्।
प्रहरीले टोलीले दुवै सवारीका चालक र सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box