काठमाडौं : सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् । हेर्नुस् सूची
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताए । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने,…
काठमाडौं। आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका एआइजीहरूको बढुवा, पदस्थापन र सरुवा गर्ने भएको छ। दुई साता अघि नै डीआइजीको एआइजीमा बढुवाको सिफारिस भएपनि हालसम्म निर्णय भइसकेको छैन। बढुवासँगै पदस्थापन र सरुवाको गृहकार्यमा पुगेकाले निर्णय हुन नसकेको हो ।डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकालको बढुवा सिफारिस भएको थियो। उनीहरूको पदस्थापनसँगै केही एआईजीको सरुवा पनि हुन लागेको छ। हाल प्रहरी एकेडेमी र प्रशासन विभाग रिक्त छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ। प्रदेश समन्वय विभागका एआइजी सुदिप गिरी को अन्य विभागमा सरुवा हुने सम्भावना छ। मानव स्रोत विकास विभाग र सिआइबीमा भने हेरफेर नहुने बताइएको छ।…
काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्तिबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उनीहरूबीच आपसी सहयोग, सूचनाको आदानप्रदान तथा समन्वयलगायत विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मूर्ति समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा आईजीपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत…
धनगढी: सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो। (मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो। सोही सिफारिसमध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन्। पन्त नेपाली काँग्रेस निकट प्राध्यापक हुन्। डोटी घर भएका उनी पुलचोक इन्जिनियरिङ कलेजका प्राध्यापक थिए।
काठमाडौं : धुवाँ र तुवालोका कारण ४ दिनदेखि उडान बन्द रहेको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। धुवाँ र तुवालो कम भएसँगै बिहिबार बिहानदेखि जहाजले उडान थालेको बुद्व एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। यसअघि धुवाँ र तुवालोका कारण २ दिन आंशिक र २ दिन पुर्णरुपमा उडान बन्द भएका थिए। मौसममा सुधार आएसँगै बिहानैदेखि उडान सुरु गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
धादिङ: धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनीकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।
धनगढी: नेपाल प्रहरीका काविल अफिसर मानिने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत विष्ट उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका हुन्। उनी यस अगाडि पनि सम्मानित भएका थिए। यस अगाडि नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जमा कार्यरत रहँदा पनि उनी सम्मानित भएका थिए। तत्कालीन आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनी नगद पुरस्कारसहित सम्मानित भएका थिए भने अहिले पनि उनी सम्मानित भएका हुन्। उनी प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै सम्मानित…
चितवन : चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। गएराति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भण्डारीको भनाइ छ। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको…
धनगढी : भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-२ का ५२ वर्षीय गुणानन्द जोशी रहेका छन । रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो । उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको छ ।