Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।  प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु। म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्‍यो भन्नुभयो’ लेखकले भने ‘नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।’   कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि…

Read More

धनगढी : कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीकाे मृत्युु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाकाे बलचाैरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा परेर भारतकाे हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाकाे राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारकाे उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतकाे नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा…

Read More

काठमाडौ : भारतको मुम्बईस्थित घाटकोपर इलाकामा ठड्याइएको विशाल होडिङबोर्ड ढलेको छ । उक्त होडिङबोर्ड ढल्दा हालसम्म १४ जनाको मृत्यु भएको छ भने कम्तिमा ७४ जना घाइते भएका छन् । उक्त होडिङ बोर्ड १५ हजार बर्गफिटको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आजतकले आफ्नो अनलाइन संस्करणमा नगर निकायको अनुमतिबिना नै उक्त होडिङबोर्ड बनाइएको उल्लेख गरेको छ । सोमबार साँझ आएको आँधीले उक्त होडिङबोर्ड ढालेको हो । होडिङबोर्ड ढलेपछि त्यहाँ भागदौड मच्चिएको थियो भने थुप्रै मानिसहरू त्यसमा फसेका थिए । मंगलबार बिहानसम्म होडिङबोर्डमुनि बसेका ८६ मानिसहरूलाई निकालिएको समाचारमा जनाइएको छ । उक्त घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । त्यसक्रममा…

Read More

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।  कांग्रेसले संसदीय कार्यसमितिको बैठक सोमबार अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बैठक स्थगित भएको थियो । अब बैठक आज संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।  बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको…

Read More

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु हुँदैछ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठन स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा ‘विद्यार्थी महोत्सव–२०८१’ योजना गरेको हो । आजदेखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सवै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र विभिन्न सत्रहरुमा छलफल हुने उनले बताए । विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए । सरकारी तथ्याङ्क अनुुसार हरेक वर्ष एक लाख २०…

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका…

Read More

काठमाडौं : नेपाल प्रहरीका २७२ प्रहरी जवानहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप समूहमा नयाँ नियुक्ती भएका प्राविधिक प्रहरी जवानहरुको सरुवा गरिएको हो । प्रहरी जवानहरूलाई जेष्ठ महिना देखिको तलव, भत्ता तथा राशन समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ । cn_6927Download

Read More

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ…

Read More

काठमाडौँ :  संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।  संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए । आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् । कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं…

Read More