Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सोमबार अपरान्ह्र लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रक विरगन्जबाट धनगढीतर्फ गइरहेको थियो । कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले बर्दियाको चेकपोष्ट कटेपछि कर्णाली पुलमा उक्त ट्रक गुडाइरहेका थिए । ट्रक पछाडि भने आगो सल्किसकेको थियो । तर, उनी बेखबर भएकाले आनन्दसँग ट्रकलाई कैलाली प्रवेश गराइरहेका थिए । त्यो दृश्य पुलमा फोटो खिचेर कमाई गर्ने एक युवकले देखे । स्थानीय पत्रकार रमित पाण्डेका अनुसार उनै फोटोग्राफरले भनेपछि मात्रै ट्रक चालकले आगो सल्किएको भेउ पाएका थिए । त्यसपछि लगत्तै प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार…

Read More

धनगढी : सरकारले गण्डकी प्रदेश प्रमुखमा धनगढीका डिल्लीराज भट्टलाई नियुक्तिको लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई गण्डकी प्रदेश प्रमुखको लागि सिफारिस गरेको हो । धनगढी घर भएका भट्ट एमालेका पुराना नेता हुन्। उनी नेकपा एमालेका सल्लाहकार छन् । भट्ट राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए ।

Read More

काठमाडौं : लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । २०१४ टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पङ्गेनीले २/२ विकेट लिए । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट…

Read More

काठमाडौं : सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौं पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिकरूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान होस् भनेर…

Read More

धनगढी : सरकारले सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए । लगतै उनले सोमवार साँझ नै शपथ ग्रहण गरेका हुन् ।​ चौधरी विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।

Read More

धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता टिकाउने रणनीति बनाएका छन् । ७ सासंद रहेका नागरिक उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनितिमा मुख्यमन्त्री शाह छन् । स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुगाउने दाउमा रहेका शाहले भ्याएसम्म राप्रपाकी सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए उनको समर्थन लिएर सत्ता टिकाउने रणनीति बनाएका हुन् । केन्द्रमा काग्रेंस नेतृत्वको गठबन्धन भत्किएर माओवादी, एमाले र रास्वपासहितको सरकार बनेसंगै शाहले माओवादीका ३ र एकिकृत समाजवादीका १ मन्त्रीलाई बर्खास्त गरेका थिए । उनीहरुको बर्खास्ती संगै शाहले नागरिक उन्मुक्तीका नयाँ एक राज्यमन्त्री सहित ३ मन्त्री थपे…

Read More

धनगढी : सोमबार अपरान्ह्र ४ बजेतिर कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भीषण आगलागी भएको छ । पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ट्रकमा एक्कासी आगलागी भएपछि स्थानियले प्रहरीलाई खरब गरेका थिए । ट्रकमा आगलागी भएको खबर आएपछि प्रहरीले तुरुन्तै ट्रक चालक र सह-चालकको उद्धार गरेको इन्सपेक्टर हरिराम डाँगीले बताए । ट्रकले लाइटर बोकेको कारण आगो अझै नियन्त्रणमा नआइसकेको उनले जानकारी दिए । लम्कीचुहा नगरपालिकाको दमकलमा पानी सक्कीएको र बर्दीयाबाट अर्को दमकल आइरहेको छ । ट्रकबाट निस्केको आगोले पुलको पूर्वतर्फका ८ देखी १० वटा तारमा क्षती भएको छ । बिच पुलमा आगलागी भएको कारण आवतजावत…

Read More

धनगढी : कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गईरहेको बुझिएको छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Read More

धनगढी : कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ। ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाँच करोड विनियोजन गरिएको थियो। तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो। सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का…

Read More