Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगा पछिल्लो केहि दिन यता निकै असुरक्षित बन्दै गइरहेको छ । सदरमुकाम खलंगामा सुरक्षाको खासै प्रत्याभुती हुन नसक्दा अहिले हरेक दिन विभिन्न किसिमका अपराधिक घट्नाहरु घटिरहेका छन् । सदरमुकाम खलंगामा दिन दाहाडै गुण्डागर्दी, चोरी, तस्करी, ओसार–पसार लगायतका घट्नाहरु भइरहेको तथा मानव अधिकार उल्लङघनका घट्नाहरु समेत भइरहदा शान्ति सुरक्षाको अवस्था र व्यवस्थापनमा प्रश्न चिन्ह उठेको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख शिवबहादुर सिंह दार्चुला जिल्लाको इन्चार्ज भएर आउँदा उनले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधिक घट्नाहरु न्युनिकरण गर्ने प्रतिबद्धता जनाएका थिए । सुरुका केहि महिना जिल्लाका सबै स्थानीय तह सम्म विभिन्न कार्यक्रमहरु लिएर प्रहरी परिचालन…

Read More

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आजबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन्  ।उनले आगामी २४ भदौमा अवकाश पाउँदैछन् । अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ । सोहीअनुसार शर्मा बिहीबारदेखि बिदामा बस्न लागेका हुन् । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी शर्मा अनिवार्य अवकाशमा जान लागेका छन् । उनले बुधबारनेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि पनि सार्वजनिक गरेका थिए । अब भावी प्रधानसेनापतिका रूपमा जन्म मिति कीर्तेकाण्डमा मुछिएका रथी अशोकराज सिग्देल नेतृत्वमा आउनेछन्  । १४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । सरकारले कीर्तेकाण्ड…

Read More

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो । उनीहरुलाई गृह मन्त्रालयले यही साउन ३ गते बैठकले ९ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो । उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका दुईजना एसपीसहित ९ जना कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै दुईजना एसपी, एक डीएसपी, दुई इन्सपेक्टर, एक सई, दुई असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो । सशस्त्र प्रहरीका अनुसार सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गरिएको हो । श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय भएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ ।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गुज्रिरहेको छ । दैनिक करिब ४० लाखभन्दा बढी राजश्व संकलन रोकिएपछि अहिले प्रदेश सरकारले अध्यादेश मार्फत गाँठो फुकाउने तयारी गरेको छ । तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत भएको बजेट पास हुन सकेको थिएन । बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भए मात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठुला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ । प्रदेशमा अहिले सबैभन्दा धेरै सेवाग्राहीको भिडभाड हुने यातायात व्यवस्था कार्यालय अहिले सुनसान छ ।…

Read More

धनगढी : गत साता जिम्मेवारी बाँडफाँडका लागि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वउपाध्यक्ष भीमबहादुर रावलबारे अब छिट्टै टुंगो लाग्ने बताएका छन्। सिंहदरबार नजिक बसेरा होटलमा सम्पन्न बैठकमा रावलका फरक क्रियाकलापले आफूहरूलाई काम गर्न गाह्रो हुने कुरा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले बताएपछि ओलीको त्यस्तो जवाफ आएको चर्चा अहिले च्यासलमा व्याप्त छ। रावलले काठमाडौँदेखि पश्चिम अछामसम्म विभिन्न भेटघाट गरिरहेका छन्। एमाले सचिव पद्मा अर्यालले पनि ऋषि धमलासँगको कुराकानीमा ओलीकै जस्तो भनाइ राखेकी छन्। अर्कोतिर भीमबहादुर रावलले एमाले छोडे पनि एमाले नछोड्ने भन्दै रावलसित दूरी बनाएर बसेका झपट रावलको जिम्मेवारीबारे पनि चर्चा हुन थालेको छ। देशभर जो जहाँ राजकीय…

Read More

धनगढी: कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन्। शुक्लाफाँटा नगरपालिका–४ आसपुरीमा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारीकाअनुसार सोही ठाउँ बस्ने १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरिएको छ। उनको अहिले उपचार भईरहेको छ। यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको तलाउमा डुबेर सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ। रानालाई डुबिरहेको देखेपछि आमाले घाईते अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुगाएकी थिइन् तर रानालाई बुधवार…

Read More

काठमाडौं : आज (बुधबार) रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको कल साइन ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा सवार चार जनाको मृत्यु भएको जनाइएको छ । १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा चार जना चिनिया नागरिक रहेको खुलेको छ । उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए । मल्ल यसअघि पनि दुर्घटनामा परिसकेका पाइलट हुन् । २०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको…

Read More

काठमाडौँ : बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

Read More

काठमाडौँ : नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परेर ४ जनाकोे मृत्यु भएको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। ‘दुई पुरुष एक महिला र एकजनाकोे चिन्न नसक्ने अवस्थाको शव प्रहरीले निकालेको छ,’ एसपी कोइरालाले भने, ‘अन्यको उद्धार कार्य जारी छ।’ घटनाबारे थप विवरण आउने क्रम जारी छ।

Read More