दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगा पछिल्लो केहि दिन यता निकै असुरक्षित बन्दै गइरहेको छ । सदरमुकाम खलंगामा सुरक्षाको खासै प्रत्याभुती हुन नसक्दा अहिले हरेक दिन विभिन्न किसिमका अपराधिक घट्नाहरु घटिरहेका छन् ।
सदरमुकाम खलंगामा दिन दाहाडै गुण्डागर्दी, चोरी, तस्करी, ओसार–पसार लगायतका घट्नाहरु भइरहेको तथा मानव अधिकार उल्लङघनका घट्नाहरु समेत भइरहदा शान्ति सुरक्षाको अवस्था र व्यवस्थापनमा प्रश्न चिन्ह उठेको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख शिवबहादुर सिंह दार्चुला जिल्लाको इन्चार्ज भएर आउँदा उनले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधिक घट्नाहरु न्युनिकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
सुरुका केहि महिना जिल्लाका सबै स्थानीय तह सम्म विभिन्न कार्यक्रमहरु लिएर प्रहरी परिचालन गरिएको भएपनि पछिल्लो समय उक्त कार्यक्रमहरु विस्तारै कम हुँदै गएका छन्, भने अपराधिक घट्नाहरु बढ्दै गइरहेका छन् । सदरमुकाम खलंगामै दिनानुदिन सुरक्षालाई चुनौती दिने किसिमका घट्नाहरु घट्ना थालेपछि याहाँका स्थानीय तथा मानव अधिकारकर्मीहरुले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुती हुने गरी सुरक्षा दिलाउन आज मात्रै प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको ध्यानाकर्षण गर्दै पत्र बुझाएका छन् ।
प्रहरी नायव उपरिक्षक सिंह इन्चार्ज भएर आएपछि प्रहरीले जिल्ला सदरमुकाम खलंगा लगायत जिल्लाका नौ वटै स्थानीय तहका अपराधिक घट्नाहरु हुने ठाउँहरुमा विशेष निगरानी बढाएको भएपनि अहिले पुरानै अवस्थामा (सुरक्षा विहिनको अवस्था) फर्किएको यहाँका स्थानीय बुद्धिजिवीहरु बताउछन् । केहि स्थानीयहरुले त जिल्लाको खस्किदो सुरक्षा अवस्थालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी समेत गरेका छन् ।
सदरमुकाम खलंगा असुरक्षित बन्दै गएपछि साँझ परेपछि बाटोमा हिडडुल गर्न डर लाग्ने गरेको यहाँका स्थानीयहरुले बताएका छन् । सुरक्षालाई चुनौती दिने किसिमका घट्नाहरु दिनानुदिन घट्न थालेपछि महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दार्चुलाले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको ध्यानाकर्षण गराउदै पत्र दिएका छन् ।
जिल्लाको विभिन्न क्षेत्रमा घटि रहेका अपराधिक घट्नाहरु तथा मानव अधिकार उल्लङघनका घट्नाहरु दिनानुदिन बढ्दै गएको र जिल्लाको शान्ति सुरक्षालाई चुनौती दिइरहेको भन्दै मानव अधिकारको रक्षा तथा समाजमा शान्ति सुरक्षाको स्थापना गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको सञ्जालका जिल्ला अध्यक्ष गौरी बडालले जानकारी दिए ।
१० दिनको अवधिमा सदरमुकाममा घटेका घट्ना
साउन १२ गते एक महिलाले जिल्ला सदरमुकाम खलंगाको रिङनताल नजिकबाट सुरक्षाकर्मीकै अगाडी महाकाली नदीमा हाम फलिन ति महिला हुन् महाकाली नगरपालिका–१ कोटकी अन्दाजी २१ वर्षीया धनिसा कुवर उनको अवस्था आजको मिति सम्म अज्ञात छ ।
साउन १२ गते नै सदरमुकाम खलंगामा एसइई तयारीको लागि आएका मार्मा गाउँपालिका–४ का निलम ठगुन्ना माथि केटाहरुको समूहले कुटपिट दिनदाहाडै कुटपिट गरी गम्भिर घाइते बनाए । उनको अनुहार र टोउकोमा गहिरो चोट छ ।
महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक उक्त घट्ना भएको थियो । घाइते अवस्थामा फेला परेका उनलाई नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले अस्पताल पु¥याइ उपचार गराएका थिए । घट्नामा संग्लनलाई खोजविन गरी कार्वाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको भट्टले बताए । कुटपिट गर्ने उनीहरुलाई अहिले सम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । सोही घट्नालाई लिएर नेविसंघ दार्चुलाले माग सदरमुकाम खलंगामा सुरक्षाको प्रत्याभुती गराउन तथा दोषीलाई कारबाही गर्न उतिबेला माग पनि गरेको थियो ।
उक्त घट्नाहरु सेलाउन नपाउदै दुई दिनपछि साउन १४ गते सदरमुकाम खलंगामै दार्चुला बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण सिंह साउँदलाई ढुंगा प्रहार भए राती ८ बजेतिर मोटरसाइकलमा कोठा जादै गर्दा उनलाई अपरिचित व्यक्तिले पछाडीबाट ढुंगा प्रहार गरेका थिए । २ जना केटाहरुले उनको मोटरसाइकल लडाएर उनलाई हातपात समेत गरेका थिए ।
साउन २१ गते राती १२ बजे सदरमुकाम खलंगाको टिंकरखेडा टोलमा राती १२ बजे ब्याँस गाउँपालिका–२ मालका अन्दाजी २४ वर्षिया सरोज सिंह धामीको पेटमा धारिलो हतियार प्रहार भयो । धारिलो हतियार प्रहारपछि धामीको आन्द्रा बाहिर आएको भिडियो अहिले सामाजिक सञ्जालमा आइरहेको छ । धामी संगै बस्ने चार जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते धामीको अवस्था गम्भिर रहेको बताइएको छ । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएको अस्पतालले जनाएको छ ।
साउन २२ गते (हिजो बेलुकी) सदरमुकाम खलंगामा एक युवती झण्डिएको अवस्थामा मृत फेला परिन दुहुँ गाउँपालिका–५ घर भई हाल सदरमुकाम खलंगामा बस्दै गरेकी १८ वर्षिय राजमती महरा घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन घट्ना बारे अहिले सम्म केहि खुलेको छैन् । त्यो घट्नामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।