Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। महरा आज बिहान रुपन्देहीबाट पक्राउ परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए। आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए। २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाइ मुद्दा चलाउन सोफारिस  गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

Read More

काठमाडौँ : मोरङको विराटनगर – ४ मा रहेको नोबल टिचिङ अस्पतालको अर्थो विभागमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न भएको आशंका गरिएका युवक पनि मृत भेटिएका छन्। सिराहाको लहान घर भएका करिब २३ वर्षीय शिवशंकर दासको शव गएराति विराटनगरको एक होटलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए। ‘दासले आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो,’ डीएसपी दाहालले सोमबार बिहान भने, ‘नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’ इस्टाफ नर्स चन्द्रिकाको गएको शुक्रबार आफ्नै डेराको शौचालयमा धारीलो हतियार प्रयोग गरी हत्या…

Read More

काठमाडौँ : माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा रुपन्देहीमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी रुपन्देहीमा पक्राउ परेका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए । उनी सोमबार बिहान ९ बजे बर्दघाट क्रस गरेका थिए । बर्दघाट क्रस गरेपछि प्रहरीले गाडी नम्बरसहित कन्ट्रोल रुमबाट सबैतिर सेटमा सन्देश प्रवाह गर्यो । बर्दघाट क्रस गरेपछि प्रहरीको आँखा छल्न उनले तुरुन्त गाडी परिवर्तन गरेका थिए । बर्दघाट पार गरेपछि गाडी परिवर्तन गरेका रुपन्देहीमा पक्राउ परेका हुन् । बीचमै परासीतिर उनी…

Read More

धनगढी : नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको छ । नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ । अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले अधिवेशन प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको…

Read More

धनगढी : पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा…

Read More

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पौने पाँच लाख पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो।यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिभन्दा १३ प्रतिशतले कम हो। सो अवधिमा पाँच लाख ४० हजार ६०० नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि विदेशिएका थिए। चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।

Read More

धनगढीः चिसापानी र लम्कीचुहा नगरपालिकाको बिचमा गोरुङ्गेमा मोटरसाइकल दुर्घटना भएको छ। मोेटरसाइकल दुर्घटना हुदा पञ्चपुरी नगरपालिका–६ सुर्खेतका मोटरसाइकल चालक प्रकाश बुढा गम्भीर घाइते भएका छन्। चिसापानीबाट लम्कीतिर आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते बुढाको लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

Read More

काठमाडौँ : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागु हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। पुनसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको…

Read More

काठमाडौँ : युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ। युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित ५ जना नेपालीलाई सार्वजनिक गरेको हो। युक्रेनमा हाल राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन्। प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो। युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह…

Read More