काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ । २०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीले चैत र वैशाखमा विशेष सूचनाको आधारमा अवैध ओसार–पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग र कार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको हो। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने दलले जनाएको छ। मन्त्रीसमेत रहेका दुवै जनाले आफ्नो पार्टीको दलको निर्णय विपरीत मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्रीलाई विश्वासको मत नदिनका लागि उन्मुक्तिले ह्विप जारी गरेको थियो। दलको ह्विपलाई अटेर गरेर विश्वासका मत दिएका दुवै जनालाई कारबाही गरिने मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताएका छन्।…
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् । बिहीबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले आफ्नो दलको अध्यक्षमाथि गरेको अपमानजनक व्यवहारको भत्सर्ना समेत गरेका छन् । उनले भने,‘कांग्रेसले सदन अवरुद्ध गरेर महत्त्वपूर्ण समयलाई बन्धकी बनाइरहेको छ । आजको बैठकमा कांग्रेसले हौसिएर, मात्तिएर सरकारको लाइनमा आयो । जब सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभयो, कांग्रेसका प्रमुख नेताहरू आएर सरकारको लाइनमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा आएर बस्ने यसप्रकारको असंसदीय गैरराजनीतिक व्यवहार गर्नुभयो ।’ उनले अगाडि…
धनगढी : सुदूरपश्चिम सरकारको विवाद पूर्ण इजलासले टुंग्याएको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चूडाल र सुनीलकुमार पोखरेलको इजलासले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्तिविरूद्धको रिट खारेज गरिदिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल विवाद निहित रहेकाले पूर्ण इजलासबाट टुंगो लगाउनु उचित हुने भन्दै सुनुवाइका लागि अर्को दिन पेसी चढाउन आदेश गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले वैशाख १० गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे । कांग्रेस सांसदहरु गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थाले । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे । एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ…
काठमाडौँ : नेपाली सेनालाई ठेक्कापट्टा दिन नहुने भन्दै पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले सरकारविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको हो। ओलीले अनलाइनबाटै रिट दर्ताका लागि निवेदन पेस गरेका थिए। सर्वोच्चले गत मंगलबारबाट सुरु गरेको अनलाइन प्रणाली अन्तर्गत ओलीले दायर गरेको रिट पहिलो थियो। तर, सर्वोच्च अदालतका रजिस्ट्रार हरिराज कार्कीले कुन हक अधिकार हनन् भएको भन्नेबारे स्पष्ट उल्लेख नभएको भन्दै दरपीठ आदेश जारी गरिदिएका हुन्। सर्वोच्चले निवेदन पेस, दस्तुर बुझाउने, वकालतनामा पेस गर्ने र दरपीठ (दर्ता अस्वीकार गर्ने निर्णय) सम्मका काम अनलाइनबाटै गर्नेगरी व्यवस्था सुरु गरेको छ।
काठमाडौं : मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ । त्यस्तै कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो । यस्तै कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई सिफारिस गरिएको थियो । तेस्रो नम्बरमा सिफारिस भएपनि मिश्र सचिवमा बढुवा भएका छन् ।
काठमाडौं : सिंगापुरमा लौरेन्स वाङ श्युन साइलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले राष्ट्रपति षडमुगरत्नम् र प्रधान न्यायाधीश सुन्दरेश मेनन समक्ष आजै शपथ लिएका छन्। ५१ वर्षीय लौरेन्स ५९ वर्षको इतिहासमा सिंगापुरका चौथा प्रधानमन्त्री हुन्। सिंगापुरमा दक्षिणपन्थी परम्परावादी पिपुल्स एक्सन पार्टीले ५९ वर्षदेखि निरन्तर चुनाव जित्दै आएको छ। हाल सिंगापुरमा प्रधानमन्त्री र सभामुख चिनियाँ मूलका छन् भने राष्ट्रपति र प्रधानन्यायाधीश द्रवीड हिन्दु छन्। सिंगापुरका हाल सम्मका प्रधानमन्त्री ७२ वर्षीय ली हसिन लुङले २० वर्ष सेवा दिएपछि स्वच्छाले अवकाश लिएका छन्। उनलाई सम्मान स्वरुप मन्त्रीपरिषदमा वरिष्ठ मन्त्री बनाइएको छ।
धनगढी : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा चितुवा मृत फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चितुवाको कम्मरमा घाउ रहेको छ। स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो। मृत चितुवालाई प्रहरीले डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ।
धनगढी : अछामका एक युवकले भारतमा आफ्नै श्रीमतीको योनिमा छेडेर ताला लगाएको घटना बाहिरिएको छ । भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१ बाझकोटका उपेन्द्र हुड्केले श्रीमतीको योनि छेडेर ताला लगाएका हुन् । विभिन्न आरोप लगाउँदै आक्रोशित बनेका उपेन्द्रले श्रीमतीको गुप्ताङ्गमा ताला लगाएको खुलेको त्यहाँ रहेको नेपालीहरुले बताएका छन् । घटनाको १५ दिनपछि महिलाको पुरै शरीर सुन्निएपछि अस्पतालमा पुर्याउँदा घटना सार्वजनिक भएको हो । उपचारका लागि पुणेको पिंपरी चिन्चवड थेर गाउँ हस्पिटलमा लगिएपनि हष्पिटलले थप उपचारका लागि त्यहाँको अर्को आईसीएम हस्पिटलमा पठाएको छ। घटनापछि श्रीमान फरार रहेको अवस्थामा अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले…