काठमाडौँ : उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका थिए ।…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ ।
डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने बताएका छन् । आइतबार डडेल्धुरा अस्पतालको अनुगमन गरेपछि उनले हाल एक सय शय्यामा संचालित अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने तयारी भएको बताउदै २ करोड बजेटसमेत विनियोजन गरिएको बताए । हाल अस्पताललाई स्तरोन्नति गर्न आवश्यक ओएनएमको फाइल अर्थ मन्त्रालयमा रहेको बताउदै उनले त्यो स्वीकृत गरेर अस्पताललाई पाँच सय शय्यामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचीव रोशन पोखरेलले आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत जानकारी दिए । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति अम्मराज जोशीले डडेल्धुरा मेडिकल…
काठमाडौं : इण्डियन आयल कर्पोरसनबाट नेपाल आयल निगमलाई नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट न्यून दरमा मात्रै मूल्य घटबढ आएकोले इन्धनको भाउ यथावत राखिएकोे छ । निगमलाई १५ पुसमा प्राप्त भएको नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेर आएको छ । पेट्रोलमा बढेको र डिजेलमा थोरै घटेको भएपनि निगमले भने हालकै मूल्यमा नै इन्धन बिक्री वितरण हुने जानकारी दिएको छ । हाल काठमाडौमां पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतबाट खाना पकाउने ग्यासमा पनि २० पैसाले…
कास्की : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटेलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। मिचल एक्लै पदयात्रामा गएका थिए । पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उनले आफ्नो नाम दर्ता गराएका थिए ।…
दार्चुला : दार्चुलामा घरको छतबाट खसेर घाइते भएका एक जनाको ज्यान गएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा १ बिण बस्ने वर्ष ४५का रघुबिर सिह बोहरालाई उपचारका लागि धनगढी लैजाने बेला विच बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिका वडा १ बिण बस्ने बोहरा हाल महाकाली नगरपालिका वडा नं.४ आफनै घरबाट लडेर घाइते भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मालिकार्जुन गाउँपालिका वडा नं.१ मेलखेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । आज दिउसो आफनै घरको छतमा खानेपानीको पाइप मिलाउने क्रममा उनी लडेर घाइते भएका थिए । बोहराको घरसंगै…
बझाङ : आज पुस १५ गते उत्तरायणको सुरुआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् । पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ । संस्कृतिका जानकार विष्णुभक्त जोशी भन्छन्, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरुआत भएको कुरालाई अर्थ्याउने गर्दछन् ।” लामो दिनहरू सुरु हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे…
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत १३ प्रहरी वरिष्ठ हवल्दारको बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाले बढुवा गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले एक समारोहकाबिच बढुवा भएका प्रहरी हवल्दारलाई दर्जानी चिन्ह वितरण गरेको हो । कार्यालयकाअनुसार जनपद समुह तर्फका प्रहरी बरिष्ठ हवल्दार पदबाट सोही समुह तर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा गरिएको थियो । बढुवा हुनेमा प्रहरी सहायक निरिक्षक प्रेम सिंह कठायत, राम बहादुर चन्द, विक्रम बहादुर रोकाया, टेक बहादुर खड्का, धन बहादुर देउवा, लोक बहादुर बोहरा, जनक राज पाण्डेय, टेक बहादुर साउद, कृष्ण बहादुर पाण्डे, चन्द्र बहादुर साउद,…
कैलाली : ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले त्यस क्रममा नाराबाजी समेत गरेका थिए । मृतकका आफन्तले न्याय माग गर्दै धनगढी चौ राह देखी मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेका थिए । ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका मध्ये शुक्रवार २ जनाको मृत्यु भएको थियो । बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।…
काठमाडौं: ललितपुरस्थित बालकुमारीमा घटेको घटनाका पीडित परिवारलाई नगद सहयोग गरिएको छ। मुन्नी सलोनका मालिकसमेत रहेका व्यवसायी मुन्नी ठाकुरले मृतकका परिवारलाई सहयोग गरेका हुन्। उनले प्रहरीको गोलीबाट ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई १ लाख नगद सहयोग गरेको जानकारी दिए। उनले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरेको र परिवारले बुझिसकेको बताइएको छ।