Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममै पहिलोपटक गोठालो डेरीले आफ्नो अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।छोटो समयमै केक तथा चिया पारखीहरुको रोजाइमा परेको गोठालोले अनलाइन केक अर्डर सिस्टम लागु गरेको हो। आज आइतबार एक कार्यक्रमकाबीच गोठालाले आफ्ना सेवाहरुमा अनलाईन केक अर्डर गर्ने सेवा पनि थप गरेको कार्यक्रम संयोजक महेश बडुले बताए। सेवा बजारकै प्रदान गरिरहेको गोठालोमा तरिका भने गोठालोकै रहेको उनले बताए। ग्राहकले अनलाइलमार्फत आफूलाई मनपर्ने ८ प्रकारको स्वाद भएका ८० भन्दाबढी डिजाइन भएका केक अर्डर गर्ने सक्ने उनले बताएका छन्। गोठालोले केही समयमै होम डेलिभरीको व्यवस्था गर्ने जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिममै पहिलोपटक इलेक्ट्रोनिक खेल प्रतियोगिता हुने भएको छ। धनगढी ट्रेनिङ सेन्टरले विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त प्रतियोगिता गर्न लागेको हो। प्रविधिलाई प्रवर्द्धन गर्ने भन्दै इलेक्ट्रोनिक गेमका रुपमा लुडो, चेस र कार रेस गरि ३ वटा खेल खेलाइने बताइएको छ। हाल एसएईई परीक्षा दिइरहेका विद्यार्थीहरुल प्रतियोगितामा सहभागी हुन पाउने छन्। प्रतियोगितामा नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ भने सहभागी ४० जनालाई निशुल्क बृज कोर्स पढाईने जनाइएको छ। जसका लागि चैत ३० गतेसम्म आवेदन आह्वान गरिएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। भोलि (चैत १९) गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने गरिन्छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइनमार्फत् ठगी गर्दै आएको चिनियाँ गिरोहलाई नियन्त्रणमा लिएको छ। आज (आइतबार) चीनको हुनान प्रान्तका ३३ वर्षीय लुई गुई काई, हुपेई प्रान्तका २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छ्याङ छाऊलाई प्रहरीले पक्राउ गरेको हो। अनलाइन लटरी, सपिङ्गजस्ता विभिन्न प्रलोभनमा नेपाली तथा विदेशी नागरिकलाई ठगेको आरोपमा उनीहरुलाई प्रहरीले पक्रेको हो। त्यस्ता गतिविधिको सुक्ष्म निगरानी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५, बाट उनीहरुलाई हिजो नियन्त्रणमा लिएको थियो।  चिनियाँहरुको साथबाट प्रहरीले कम्प्युटर एक सय २० थान, मनिटर एक सय १८ थान, पासपोर्ट तीन वटा, मोबाइल ३५ थान, भारतीय सिमकार्ड १३ थान, ल्यापटप चार थान, प्रिन्टर…

Read More

काठमाडौं : गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ। नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो। माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो। अहिले पछिल्लोपटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता…

Read More

काठमाडौं : अमेरिकी संसद उम्मेदवारका लागि नेपाली मुलुकका अमेरिकी नागरिक एड्रिएन आषिश पोखरेल प्राथमिक निर्वाचनको मतपत्रमा समावेश हुने भएका छन् । अमेरिकी प्रतिनिधि सभा अर्थात सांसद पदका लागि चाहिने १ हजार जनाको हस्ताक्षर पाएपछि उनी मनोनयनमा पर्ने भएका हुन् । अमेरिकाको संसदको उम्मेदवार हुनकालागि आफ्नो क्षेत्रमा बसोबास गर्ने १ हजार मतदाताले हस्ताक्षर गरेर निर्वाचन आयोगमा पठाएपछि प्राथमिक चरणको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । पोडरेर डेमेक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका पोखरेलको पक्षमा १ हजार ३ सय मतदाताले हस्ताक्षर गरेर निर्वाचन आयोगको कार्यालयमा पठाएको र निर्वाचन आयोगले उक्त हस्ताक्षरको प्रमाणित गर्ने काम गरिरहेको छ । निर्वाचन आयोगले हस्ताक्षर…

Read More

धनगढी : बझाङमा माध्यमिक शिक्षा परीक्षा(एसईई)मा चिट चोर्ने छात्रा र चोराउने निरीक्षकलाई कारबाही गरिएको छ । जिल्लाको छबीस पाथिभेरा–३ स्थित बान्निचौर माविमा एक छात्रा र निरीक्षक सितल पुजारालाई परीक्षा हलबाट निष्काशन गरिएको हो । परिक्षा सुरु भएको १५ मिनेटमै चिट चोराएको भन्दै निरीक्षकलाई निष्कासन गरिएको केन्द्राध्यक्ष नवराज भट्टले बताएका छन् । कोठा नम्बर २ मा खटिएका निरीक्षक पुजाराले छात्रालाई चिट चोराएको भन्दै दुवैजनालाई परीक्षाहलबाट निकालिएको भट्टले जानकारी दिएका छन् ।

Read More

धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि माओवादीबाट बझाङमा जनक बुढालाई उमेदवार बनाउने निर्णय गरेको छ। बझाङ प्रदेश सभा १ मा बुढालाई उम्मेदवार बनाउन प्रदेश कमिटीले सर्वसम्मत सिफारिस गरि पठाएको छ । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदार बनाउने निर्णय गरेको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्‍‍याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको भन्दै आक्रोश जनाए । गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद गौतमले छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखिएको जिकिर गरे । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएपनि सरकार फेरिएसँगै परिस्थिति फेरिएको उनको टिप्पणी थियो ।

Read More

काठमाडौँ : बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन् । बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको हो । पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)का अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् । शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए । भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो । बाबरले…

Read More