Author: महेन्द्रनगर पोष्ट

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे अनभिज्ञ रहेको कुरा प्रकट गरेकी छन्। महेन्द्रनगरपोष्टसँग टेलिफोन संवाद गर्दै उनले अनभिज्ञता प्रकट गरेकी हुन्। उनले आफूलाई नभएर सो विषयमा आफ्ना पतिसमेत रहेका रेशमलाल चौधरीलाई सोध्न सुझाइन्। उनले भनिन्, ‘म बिरामी भएकी छु। यो विषयमा रेशम सरलाई सोध्नुस् न !’ जबकी उनी केन्द्रीय अध्यक्ष रहेको पार्टीको दलले सुदूरपश्चिममा उनैलाई चुनौती दिनेगरी पुरानै नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको छ। आइतबार बसेको बहुमत प्रदेशसभा सदस्यको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। तर, नाउपाले केन्द्रिय गठबन्धनमा भने नेकपा एमाले,…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रहरी कार्यालय भवन, शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका हुन्। सो अवसरमा डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका युनिटलाई आवश्यक निर्देशन समेत दिएका छन्। डीआइजी केसीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभाव नराख्न निर्देशन दिएका छन्। उनले कुनै पनि गैर–व्यावसायिक क्रियाकलापमा संलग्न नहुन र यदि कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइएमा क्षमा नहुने समेत चेतावनी दिएका छन्। साथै फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकता दिएर प्रभावकारी ढंगले…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभास्थित संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकमा नाउपाका कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जना मन्त्रीको बैठकमा थिए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए । बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा…

Read More

धनगढीः कैलालीमा एक बालक मृत भेटिएका छन्। जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्। आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

धनगढी : बझाङमा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको बताएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

Read More

काठमाडौं : गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो । खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा…

Read More

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु भएको छ। सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो। गत बिहीबारदेखि महेन्द्रनगरमा सुरु भएको एमाले कञ्चनपुरको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढेको एमाले नेताहरूले बताएका छन्। एमाले नवौँ जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए। उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठौँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा…

Read More

धनगढी : आइतबार दिउँसो धनगढी उपमहानगरपालिकाको मुल गेटमा जग्गा व्यवसायीहरुले ताला ठोके । उनीहरुले ताला ठोकेपछि रिर्पोटिङमा पुगेका पत्रकार सुदीप थापा भिडिओ खिचिरहेका थिए । समाचारका लागि भिडिओ खिचिरहेका पत्रकार थापालाई नगरप्रहरीले दुव्र्यवहार गर्दै भिडिओ नखीच्न भने । पत्रकार थापाले ‘म पत्रकार हो, समाचारको लागि भिडिओ खीचेको हो’ भनेर जवाफ फर्काएपछि नगरप्रहरीले झनै असभ्यशैलीमा ‘पत्रकार सत्रकार’ चिन्दैनभन्दै धम्क्याउन थाले । पत्रकार थापामाथि नगरप्रहरीले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि केही समय धर्नामा बसेका थिए। पछि दुव्र्यवहार गर्ने ती नगरप्रहरी आएर पत्रकारहरु संग माफी मागेपछि घटना टुङ्गीएको छ ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म काँध थापेको छ । अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् । केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि…

Read More

डडेल्धुरा : कार्यपालिका बैठकमै हाकिम कुटिएपछि डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीहरूले आन्दोलित हुँदै सेवा ठप्प पारेका छन् । आइतवार उनीहरूले निधारमा कालोपट्टी बाँधी अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन् । गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो । उपमेयर (उपप्रमुख) विमलाकुमारी बोहरा, वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो । धनगढीमा उपचारपछि उनी अहिले विश्राम गरिरहेका छन् । ‘कार्यालयमै जनप्रतिनिधिहरूबाट कुटपिट हुन थालेपछि काम गर्ने वातावरण भएन । हामी पनि सुरक्षित छैनौँ । दोषीमाथि…

Read More