Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए। यो सँगै नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन्। उनले जंगी अड्डामा आएर उनले कार्यभार सम्हालेका छन्। सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन्। निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालिएको छ। अस्ति इन्सपेक्टरहरुको सरुवा भएकोमा अब डीएसपीहरुको सरुवा तयारी थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नै प्रहरी अधिकारीलाई नेता भेट्न रोक लगाएका छन्। अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको हो। डीएसपी तथा एसपीहरुले गृहमन्त्री…

Read More

काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं फर्किएका छन्। उनी आज दिउँसो धनगढीबाट काठमाडौं आएका हुन्। केही दिन अगाडि धनगढी हुँदै डडेल्धुरा र दार्चुला पुगेका उनी आज फर्किएका हुन्। त्यसबीचमा उनले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन् भने दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गरेका छन्। त्यसपछि पुनः धनगढी फर्किएका उनी आज राजधानी फर्केका थिए। यस्तै आजै उनी फर्किने क्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशशरण महत धनगढी पुगेका छन्। उनीहरूको धनगढी विमानस्थलमा जम्काभेट भएको थियो। राजदूत आउने र महत जाने क्रममा भेट भएको हो।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुुखहरुसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकुल र वस्तुनिष्ट बनाउनुपर्ने बताएका हुन्। उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरे। ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री…

Read More

काठमाडौं: लुटपाटमा संलग्न आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। आरोपितले ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानमा दुईजनाबाट सुनको सिक्रीलगायत सामग्री लुटपाट गरेका थिए। गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन्। लुटपाटमा संलग्न एकजना अझै फरार छन्। प्रहरीका अनुसार, विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दुई महिलालाई उनीहरू चढेको ट्याक्सी ‘फलो’ गर्दै सातदोबाटो पुगेपछि रोकेर लुटपाट गरिएको थियो। दुबईबाट फर्किएका महिलाले…

Read More

काठमाडौँ: काठमाडौं प्रहरीले हिरासतमा राखेका सहायक हवल्दारको प्रकरण छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन समिति गठन गरेको हो। सोही कार्यालयमा कार्यरत सहायक हवलदार गणेश खड्कामाथि छानबिन थालिएकोमा आज समिति गठन गरिएको जनाइएको छ। मुद्दा शाखामा कार्यरत खड्काले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशंका छ। सोही आधारमा उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको र थप अनुसन्धानका लागि एसपी नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा ४ जना सदस्य छन्। क्यानडाबाट काठमाडौँ आएका आशिष आचार्य क्रिप्टो कारोबारमा संलग्न भएको सूचना तेज तामाङले सहायक हवलदार खड्कालाई दिएका थिए। सो…

Read More

धनगढी: धनगढीमा रेशम चौधरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ। आज आइतबार धनगढी उप-महानगरपालिका १५ बेली बजारमा चौधरीले चलाएको मोटरसाइकल दुर्घटना भएको हो। प्रहरीका अनुसार कैलारी गाउँपालिका ६ बस्ने वर्ष २३ का चौधरीले चलाएको सुपप्र०१०१० प ५५५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। हसुलियाबाट धनगढीतर्फ आउने क्रममा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको र चौधरी घाइते भएको प्रहरीले जनाएको छ। अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार जारी छ। उनले मोटरसाइकल चलाउने क्रममा मापसे गरेको प्रहरीको भनाई छ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर न्याय परिषद्ले संवैधानिक परिषद्‍मा पठाएको छ। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अनिवार्य अवकाश पाउने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम छलफल र सिफारिसका लागि पठाइएको न्याय परिषद् स्रोतले जानकारी दिएको हो । श्रेष्ठ अहिले सर्वोच्चको इजलासमा बसेका छैनन्। उनी प्रशासनिक काम र फैसला लेखन मात्र गरिरहेका छन्। संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाको उपधारा २ अनुसार प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ । …

Read More

धनगढी: कञ्चनपुरमा ट्रक र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका झलारी नजिक ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। दाचुलाको नौगाड गाउँपालिका–२ का सुजन धामीले चलाएको डि एल १ जेड सी ६०३५ नम्बरको भारतीय कार र धादिङका सन्तोष मगरले चलाएको बाग्मती प्रदेश ०१००६ख २२४९ नम्बरको ट्रक एकआपसमा ठोक्किर दुर्घटना भएको हो। आइतवार दिउँसो महेन्द्रनगरबाट पुर्व तर्फ गइरहेको ट्रक र धनगढीबाट महेन्द्रनगर तर्फ आइरहेको भारतीय नम्बरको गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको कारमा पुर्ण रुपमा क्षति भएको छ। कार चालक धामीको दाहिने हातमा सामान्य चोट लागेको छ। ट्रक…

Read More

धनगढीः कैलालीको खुटिया नदीमा डुबेर एक बालिका गम्भीर घाइते भएकी छन्। अर्की बालिका भने बेपत्ता भएको प्रहरीले जनाएको छ। आज (आइतबार) धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी छन्। १६ वर्षीया जेनिसा अवस्थी भने बेपत्ता भएको प्रहरीले बताएको छ। दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा ५ जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढी ल्याइएको छ भने जेनिशा बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजीकार्य भइरहेको छ।

Read More