Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछामको वैद्यनाथ धाममा फागुन १० गतेबाट सुरु भएर फागुन २५ गतेसम्म सञ्चालन भएको वैद्यनाथ कोटिहोम महायज्ञको समिक्षा वैठक सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन भएको कोटिहोममा २ करोड वढी खर्च भएको र २ करोड बढी बचत हुने कोटिहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए । १५ लाख भन्दा वढी मुल्य वरावारको जग्गा दान भएको छ । आईतबारसम्म वैंकका ३ करोड १७ लाख ७३ हजार जम्मा भएको छ । जम्मा रकम मध्ये १ करोड ४७ लाख ४७ हजार खर्च भएको छ । अहिले वैंकमा १ करोड ७० लाख २६ हजार वचत रहेको छ । ४९ लाख…

Read More

धनगढी : कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलमा क्रान्तिकारी युवा संगठन नेपालले ‘रेड मार्किङ’ गरेको छ। सरकारी जग्गा कब्जा गरेर सञ्चालन भईरहेको आरोप लागेपछि अवैध संरचना तत्काल खाली गर्न भन्दै ‘रेड मार्किङ’ गरेको हो। होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको छ। नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ। हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो। सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो बेलाका…

Read More

धनगढी : नेपाली सेनाको सुदूरपश्चिम पृतनाको सैनिक टोलीले २६१औँ सेना दिवसका अवसरमा कैलालीको धनगढीमा आयोजित विविध सैनिक प्रदर्शनीका क्रममा ‘हाका प्रदर्शन’ गर्दा सहभागी सबैको ध्यान तान्यो । सुदूरपश्चिममा पहिलो पटक सेनाले प्रदर्शन गरेको ‘हाका’ (रण हुँकार) मा राष्ट्र, राष्ट्रियता, देश र सेनाको बखान त छँदै थियो नै त्यसमाथि युद्धका क्रममा जाँगर दिने उक्त प्रस्तुतीले सबैको मन जित्यो । बमहाका एउटा युद्ध गीत हो, जसलाई नेपाली सेनाको पृतनाको सैनिक टोलीले पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरेको थियो । हाका सामान्य नृत्य भने होइन । यो प्राचीन युद्ध नृत्यको एउटा प्रकार हो । पछिल्लो समय सैनिक कौशलता देखाउने क्रममा नेपाली सेनाले…

Read More

धनगढी : बझाङमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। फागुन ११ गते बित्थडचिर गाउँपालिका १ बस्ने ५५ वर्षीय खडक बोहराले सोही ठाउँकी १७ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन्। उनले ती किशोरीलाई गोठालो गएको अवस्थामा जबरजस्ती करणी गरेको सूचना प्राप्तपछि प्रहरी बोहरालाई २६ गते (शनिबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पीडित पक्षको जाहेरीपश्चात् किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका बोहरामाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: दार्चुलामा बाघको छालासहित एक युवा समातिएका छन्। आज (आइतबार) जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बाघको छालासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाघको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामी पक्राउ परेका हुन्। उनलाई २ थान छालासहित मार्मा गाउँपालिकाबाट समातेको बताइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को कनेक्सन खुलेको छ। ३१ वर्षीया शोभाले चौथोपटकसम्म बिहे गरेकोदेखि अनेक षडयन्त्र गरेर विभिन्न उच्च ओहदाका व्यक्तिलाई हनीट्रयापमा पारेकोबारे विविध कुराहरु यस अगाडि नै खुलिसकेका छन्। शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको पाइएको थियो। जसमा शोभाले डडेल्धुरा अस्पतालका पूर्वध्यक्ष लक्ष्मण सिंहदेखि मधेश दलका एक पूर्वमन्त्री र माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसमेतलाई दुस्ख दिएको प्रमाणहरुसहित महेन्द्रनगरपोष्टले खुलासा गरिसकेको छ। उनै शोभाको थप अर्को विवादित कनेक्सन फेला…

Read More

धनगढी: सुदूरपश्चिमस्थित उच्च अदालत दिपायलका रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले रजिस्ट्रार रणबहादुर कटवाललाई रकम हिनामिना गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई ९ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो। कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यसबापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए। त्यसक्रममा एक लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो। साथै, विभिन्न शीर्षकमा उनले अदालतबाट झन्डै पाँच लाख रुपैयाँ हिनामिना गरेको भेटिएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६…

Read More

धनगढी : अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। हिजो (शनिबार) मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। नाबालिका छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। शनिबार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ। घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो। अहिले बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक…

Read More

काठमाडौं : विभिन्न उच्चपदस्थ व्यक्तिहरुसंग जोडिएर चर्चामा आएकी जानुका उर्फ शोभा पाठकले ‘डिर्भोस’पछि ‘कुमारी रहेको प्रमाणपत्र बनाएको भेटिएको छ । पटकपटक बिहे गर्दै डिर्भोस गर्दै आएकी उनले अन्ततः अविवाहित रहेको सिफारिस बनाएर प्रयोग गरिरहेको भेटिएको हो । धादिङ ज्वालामुखी ७ की शोभाले पहिलो बिहे २०७० भदौ ११ गते शिवराम भण्डारीसँग गरेकी थिइन् । शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् । तर, गत पुस २९ गते उनले डिर्भोस गरेकी थिइन् । यसविचमा शोभाले अन्य दुईजनासँग बिहे गरेको चर्चा छ । उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भोस प्रमाणपत्र सञ्जालमा…

Read More

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुहार, पद, प्रतिष्ठा नहेर्न आग्रह गरेका छन् । उनले प्रमाण जुटाउँदै निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्नुपर्ने सल्लाह दिए । प्रहरी मुख्यालय निरीक्षणपछि उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन गर्दै उपप्रधानमन्त्री लामिछानेले भने, ‘तपाईंहरुलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।’ उनले मीटरब्याज र सहकारी पीडितहरूको समस्या ठूलो चुनौति रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको बताइन्छ ।

Read More