Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् । थापाले आफूलाई बिना विभागीय मन्त्री बनाउन खोजिएको भन्दै मुख्यमन्त्री सोडारीलाई समर्थन गरेको २४ घण्टा नबित्दै फेसबुकबाट समर्थन फिर्ता लिएको बताएकी थिइन् । फुल मन्त्री पदको बार्गेनिङका लागि फेसबुकमा घुर्की लगाएकी थापा अन्ततः कृषि मन्त्री बनेकी हुन ।

Read More

काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा एमाले र माओवादी तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टी लाई थप एक मन्त्रालय दिन भने सुदुरपश्चिममा सत्ता साझेदार दल सहमत भएका छन् । आज बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए । ‘नाउपाबाट पहिला नै एक जना मन्त्री भइसक्नुभएको छ । थप मन्त्रालयसहित अर्को एकजनालाई पनि मन्त्री बनाउने सहमति भएको हो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ (शुक्रबार) विश्वासको मत लिने भएका छन् । मंगलबार सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने दिन तोकेको हो ।एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य समर्थनमा यही वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । एमाले र माओवादीले भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागिता जनाउने भएका छन् ।

Read More

धनगढी: सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने गठबन्धनमा सहमती भएको छ। सोही सहमतीअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। आज नाउपाकी प्रदेश सभा सदस्य टीका थापा उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने कार्यक्रम छ। एकीकृत समाजवादीसहित नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा समाजवादीका दीर्घ सोडारी ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यसपछि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका थिए भने आज टीकालाई मन्त्री नियुक्त गर्दैछन्। यस्तै एमाले र माओवादी केन्द्रले पनि सरकारमा जानेबारे छलफल गरिरहेको बताइएको छ। आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद्…

Read More

काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् । छानबिन बिना नै कुनै संस्था र व्यक्तिको मान मर्दन गर्न नहुने र अन्य प्रमुख समाचार गृहले पनि यस्ता विषयमा पाठ सिक्नुपर्ने बताएका छन् । उनले लेखेका छन्–‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका डार्क फाइल समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ। छानबिन विना…

Read More

काठमाडौं : तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ । नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यातबारे सम्झौता भएको हो । नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो…

Read More

काठमाडौँ : एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ।एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए । यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो । सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो । यो प्रतिवेदनलाई “अत्यधिक गोप्य” भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा…

Read More

रुकुमपश्चिम : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जनाकारी दिए। आज बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको गिरीको भनाइ छ। प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन्।

Read More

काठमाडौं : भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार चालक गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा दिउँसो साढे चार बजे निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए। मृत्यु हुनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ रहेको कार्कीको भनाइ छ।​ स्कुटरमा पछाडि सवार…

Read More

सुर्खेत : बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो। इलाक प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्। घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिए। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ। सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको…

Read More