Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका छन्। ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा दार्चुलाको अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन्। उनी श्रीमतीलाई भेट्न ससुराली गएका थिए। दुई/तीन दिन अगाडी बिदा लिएर गएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर ससुराली नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव सिंहले जानकारी दिए। बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत थिइन्।बैतडीको पुर्चौडी नगरपालिका ३ घर भएका बोहरा कञ्चपुरको बह्रमदेवस्थित विओपीमा कार्यरत थिए।

Read More

बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका–२ सतबाँझमा आज (सोमबार) बिहान एक युवक मृत फेला परेका हुन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए। कुँवर आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका थिए। आइतबार अबेर सतबाँझ पुगेका र राति चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: सुदूरपश्चिममा पछिल्लो समय युवतीहरु लागुऔषधको दलदलमा फस्दै गएको प्रहरी रिपोर्टले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार पछिल्लो समय युवामात्र होइन, लागुऔषध प्रयोगकर्तामा युवतीको सँख्या पनि बढ्दै गएको छ। हिजोमात्रै कञ्चनपुरमा एक युवतीसहित २ जना लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हिजो (आइतबार) भीमदत्त नगरपालिका-१२ की २० वर्षीया ललिता जोशी र सोही नगरको वडानम्बर १८ का २२ वर्षीय शिरिस बोगटी पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकसहित ३.६५ ग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरेको थियो। स्रोतका अनुसार युवतीले ब्रा (गोप्य अंगभित्र सेतो प्लास्टिकभित्र बेरेर २ थान पुडिया) लुकाएको अवस्थामा लागुऔषध बरामद गरिएको हो। गोप्य सूचनाको आधारमा वरिष्ठ सई…

Read More

धनगढी : केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ। जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो। अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको स्रोतको दाबी छ। हाल सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर नाउपाको मुख्यमन्त्री पाउने सम्भावना न्यून छ। जसअनुसार माओवादीका संसदीय दलका नेता मानबहादुर धामी अब सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने छन्। पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको…

Read More

काठमाडौं : बदलिएको सत्ता समीकरणमा देशको प्रमुख राजावादी शक्ति राप्रपा तत्काल सहभागी नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग छलफल नै गरेका छैनन् । हिजो प्रधानमन्त्रीले एमाले, रास्वपा, जसपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । तर, राप्रपालाई बोलावट आएन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पार्टी अहिले आन्दोलनमा रहेकाले सरकारमा जाने विषयमा कुनै सोच नबनाएको बताए । उनले भने, ‘हामीलाई प्रस्ताव पनि आएको छैन र हामीले तत्काल सोच पनि बनाएका छैनौँ । हामी अहिले आन्दोलनकारी दल हौँ । राष्ट्रिय शक्तिका बीचमा नवीन समझदारीको आवश्यकता छ ।’

Read More

काठमाडौँ : नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन्। जसपा सांसद प्रदीप यादवले सो जानकारी दिएका हुन्। अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ। ‘जसपाको तीन मन्त्रालयमा दाबी छ‘, यादवले भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यू आफैँ सरकारमा जानुहुन्छ।’ छलफल जारी रहेकाले कुन कुन मन्त्रायलय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।

Read More

काठमाडौँ : एमाले, माओवादीसहितको नयाँ सत्ता गठबन्धनको तयारी तीव्र भइरहँदा जनमत पार्टीका अध्यक्ष सीके राउले बालकोट पुगेका छन्। एमाले सचिवालय बैठक बसिरहँदा राउत अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ‘अध्यक्षज्यु अहिले बालकोट जानुभएको छ। ओलीजीसँग सम्वाद जारी छ,’ जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, ‘सम्भवतः नयाँ बन्ने सरकारमा हामी जाने छौँ।’ नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

Read More

काठमाडौं : अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।

Read More