Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएको छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अछाममा खच्चड उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरीलाई पुरस्कृत गरेका छन्। अछाम पुगेका डीआईजी केसीले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद पुरस्कार प्रदान गरे। प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुबै जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। पुरस्कार वितरण समारोहमा डीआईजी केसीले दुबै प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिएको बताए। उनले प्रहरीको कर्तव्यपरायणता…

Read More

काठमाडौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले…

Read More

धनगढी : कैलालीमा भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ । मंगलबार साँझ लम्कीचुहा नगरपालिका–१ राजीपुरबाट तीन लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनकाअनुसार विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइएको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको थियो । जसमा १२५ वटा सुट, मेक्सिको कपडा, ५ चादरको कपडा, ५ पिस ब्लाउजको कपडासहितका फेन्सी सामान छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीमा एक जना सेवाग्राही गर्मीले लाइनमै ढलेका छन् । मंगलबार राष्ट्रिय परिचय पत्र बनाउन आएका एक जना सेवाग्राही गर्मीले लाइनमै बेहोस भएका हुन। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी गर्मीका कारण ढलेका हुन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार हुँदैछ। अत्याधिक गर्मीका कारण धनगढीमा बेहोस भएका एक जनाको आजै मृत्यु भएको छ ।

Read More

धनगढी : बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् । आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ३५ जना प्रहरी छन् । भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका छन् भने केही बजारमा घर भाडामा लिएर बस्ने गरेको इलाका प्रहरी कार्यालय बूढीनन्दाका प्रहरी निरीक्षक केशव खड्काले बताए । कार्यालयमा तीन महिला प्रहरी कार्यरत छन् । उनीहरूका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा बजारमा कोठा भाडा लिएर बस्ने गरेका छन् । भवन नहुँदा नियमित कामदेखि थुनुवा राख्न समस्या…

Read More

धनगढी : अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए । गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए ।

Read More

काठमाडौं : नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ । जन्ममिति र नाम सच्याएको विवादमा तानिएका मल्ललाई समरी सैनिक जनरल अदालतले सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ । यसअघि सेनाले उनलाई हिरासतमा लिएको थियो । विवादित विषयमा उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ल सैनिक अदालतको निर्णयले निष्कासित भएका छन् । मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवामा अवैध रुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ परेका छन्। आज (मंगलबार) साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुमार पालको कमाण्डमा खटिएको प्रहरी टोलीले ३७ वर्षीय मोहन बहादुर खत्रीलाई पक्राउ गरेको हो। प्रहरी टोलीले खत्रीको घरमा लुकाइ छिपाई राखिएको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारेको थियो। उक्त बन्दुकहरू बरामद गरिसकेपछि खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ।

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन्।  जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्। उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन्।  जिल्ला प्रहरी कार्यालय ,सिराहामा ल्याएर उनीविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका निम्ति सिराहा जिल्ला…

Read More