Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरु नातामा काका भतिजा पर्छन्। खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजना घटनास्थलबाट केही तल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए। 

Read More

काठमाडौं: गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी साँखर स्याङ्जाको निर्माण सम्पन्न भएको नव-निर्मित भवन उद्घाटन गरेकी छन्। आज (सोमबार) डीआइजी सिंहले सो भवनको उद्घाटन गरेकी हुन्। नेपाल सरकारको नियमित बजेटबाट स्याङजा जिल्लाको चापाकोट नगरपालिका साँखरमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको थियो। सोही भवनहरु उद्घाटनपश्चात डीआइजी सिंहले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गरेकी थिइन्। सो क्रममा उनले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४ डीआइजीको आज पदस्थापन हुने भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा भएका डीआइजीहरुको आज पदस्थापन हुने भएको हो। नेपाल प्रहरीका आईजीले उनीहरूलाई फुली लगाएपछि पदस्थापन हुने बताइएको छ। हाल नेपाल प्रहरीको प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका प्रहरी कार्यालय र एकेडेमी लगायतमा डीआइजीको दरबन्दी रिक्त छ। स्रोतका अनुसार उनीहरूलाई सोही स्थानहरुमा पदस्थापन एवं सरुवा गराइने छ। गृह मन्त्रालयले केही समय अगाडि मात्रै नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको थियो। एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा…

Read More

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे पार्टी आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए। उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए । उनले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा…

Read More

धनगढी: कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले अनुसन्धान थालिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार आज (सोमबार) बिहान जिल्लाको भीमदत्त नगरपालिका-४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव फेला परेको थियो। शव सो क्षेत्रको फोहोर फाल्ने स्थानमा भेटिएको थियो। सो सम्बन्धमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको हो। प्रहरीले अहिले घटना शङ्कास्पद भएको भन्दै सिसिटिभी फुटेज हेरिरहेको बताइन्छ। अहिले मृतक शिशुको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडौं : सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए । कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको…

Read More

काठमाडौँ :   चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।  योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

Read More

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार रहेका कञ्चनपुर एक युवक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-२ बस्ने २५ वर्षीय लोकेश शाह आइतवार पक्राउ परेका हुन्। शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले २०७९ पुस २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १० दिन कैद सजाय र २ हजार जरिवाना ठहर गरेपछि शाह फरार रहेका थिए।   

Read More

जनकपुरधाम : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३र३ दिनको म्याद दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको…

Read More

चितवन : चितवनको भरतपुरस्थित कल्याणपुरको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् । गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्णरुपमा जलेको थियो । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै…

Read More