Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतको मुम्बई बम धमाकाका अभियुक्त अब्दुल करिम टुण्डाले सफाई पाएका छन्। सन् १९९३ मा भएको मुम्बई बम विस्फोटका अभियुक्त टुण्डाले बिहीबार सफाई पाएका हुन्। अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृंखलाबद्ध बम विस्फोटको मुद्दामा आफ्नो फैसला सुनाएको हो। टुण्डा बम धमाकापछि केही वर्ष अगाडि नेपालमा आएर लुकेकोमा पोखराबाट समातिएका थिए। त्यसपछि महेन्द्रनगरको गड्डाचौकी, वनबासा नाका हुँदै भारत लगिएको थियो। उनलाई नेपाला र भारत २ देशका प्रहरीको समन्वयमा समातेर लगिएको थियो। सोही मुद्दामा अदालतले टुन्डालाई सफाइ दिएकोमा अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको छ। सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा…

Read More

महेन्द्रनगर: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको वडा नम्बर ११ मा बनाइएको आर्यघाट (मसानघाट) अलपत्र अवस्थामा छ। करिव ४ वर्ष अघिदेखि निर्माण थालेर बनाइएको आर्यघाट अहिलेसम्म पनि हस्तान्तरण नभएको र हाल अलपत्र बनेको हो। सो वडाका वडाध्यक्ष प्रकाश थापाका अनुसार महाकाली किनारमा बनाइएको उक्त आर्यघाटको निर्माण पनि सम्पन्न भएको छैन। ठेकेदार र कम्पनीको लापरबाहीले गर्दा आर्यघाट अलपत्र परेको स्थानीयहरुको गुनासो छ। यस्तै सो आर्यघाटको डीपीआर भएपछि पहिलो चरणमा ठेक्का भएकोमा देवीदत्त भट्टको शनिदेव कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। ४ करोड बढीको बजेटमा निर्माणको काम थालिएकोमा पूर्ण हुन नसक्दा अलपत्र बनेको हो। यस्तै अध्यक्ष थापाले दोस्रोपटक पनि काम गर्न बजेट अएको तर पुरानो डीपीआर नै…

Read More

काठमाडौं: भारतस्थित उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी १ सय शक्तिशाली भारतीयको सूचीमा परेका छन्। इन्डियन एक्सप्रेसले जारी गरेको उक्त सूचीअनुसार मुख्यमन्त्री धामी १ सय शक्तिशाली भारतीयमध्ये ६१ औं नम्बरमा परेका हुन्। उनको मजबुत राजनैनिक र सामाजिक छविका कारण उनलाई सूचीमा राखिएको बताइएको छ। धामी गत वर्ष सबैभन्दा शक्तिशाली भारतीयको सूचीमा ९३ नम्बरमा थिए भने यस वर्ष उनी ६१ औं नम्बरमा पुगेका हुन्। विशेषगरि समान नागरिक संहिता विधेयक पारित भएपछि मुख्यमन्त्री धामीको पहिचान र छवि बढेको बताइन्छ। धामी नेपालको सुदूरपश्चिम नजिकै जोडिएको भारतीय राज्यका मुख्यमन्त्री हुन्।

Read More

धनगढी: कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन्। आज (बिहीबार) १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो। चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। सो सम्बन्धमा जाहेरी आउने क्रममा रहेको र अहिले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले समातेको थियो।

Read More

धनगढी: बाजुरामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ। जगन्नाथ गाउँपालिका-६ काप्रीस्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: प्रहरी मुख्यालयले एक सब इन्सपेक्टर (सई) लाई दरबन्दी भएको ठाउँमा सरुवा भएर नगएपछि तह लगाउन सर्कुलर गर्न बाध्य भएको छ। आफूलाई पायक पर्ने ठाउँमा बसेर हेडक्वार्टरको आदेश लत्याएका सई गोपी कटवाल र उनीजस्तै अरुलाई पनि सरुवा भएको ठाउँमा जानलाई रमाना नबुझ्दा यस्तो भएको हो। त्यसपछि प्रधान कार्यालयको प्रशासन शाखाले अस्ति सबै कार्यालयका नाममा सर्कुलर जारी गरेको छ। नेपाल प्रहरीमार्फत् तलब,भत्ता र राशन वापतको रकम निकासा नहुने कार्यालयमा नगएका केही कर्मचारीलाई सरुवाको निम्ति बाध्य पार्न सर्कुलर गरिएको स्रोतले बताएको छ। मूलतः खोटाङमा कार्यरत सई गोपी कटवाल दरबन्दी तोकिएको काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डेढ वर्षदेखि नगएको पाइएपछि सात दिनभित्र…

Read More

धनगढी: कैलालीस्थित सशस्त्र प्रहरीको ३४ नम्बर गणमा नयाँ प्रमुख एसपी दलबहादुर पाण्डे आएसँगै विभिन्न अपरेसन थालिएआ छन्। जसमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टरले अवैध सामान र चोरी तस्करी विशेष टार्गेटमा राखेको छ। हालै १६ गतेमात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा भन्सार छलीको सामान समातेका छन्। टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको मुल्य ७ लाख ९८ हजार बरावरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ। यस्तै सामानसहित ४ जना व्यक्तिहरु पनि…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता हुन्, खगराज भट्ट। तर, तिनै भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा। माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाए। त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य बिना मगरलाई सह-इन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन्। सहइन्चार्जको जिम्मेवारी पाएकी बिना मगर प्रचण्डकी बुहारी हुन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका…

Read More

धनगढी: कैलालीमा नेपाल प्रहरीका थप एक सहायक हवल्दार पक्राउ परेका छन्। अस्ति ३ दिन अगाडि पक्राउ परेका सहायक हवल्दार दीपकुमार पाण्डेयलाई थुनामा राखिएको छ। लागुऔषध सेवनकर्तासमेत रहेका पाण्डेयलाई इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार उनी धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत थिए। यस अगाडि उनकै पार्टनरसमेत रहेका अर्का प्रहरी सहायक हवल्दार विष्णु चौधरी पक्राउ परेका थिए। उनी पनि गणमा कार्यरत (ड्राइभर) सहायक हवल्दार हुन्। उनलाई ८ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित समातिएको थियो। ती दुईले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ। र, यो पनि: कैलालीमा हवल्दार नै पुलिसको फन्दामा, थिए ड्रग्सको धन्दामा

Read More

काठमाडौं: कमेडियन पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।  जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो। 

Read More