धनगढी : एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री माग्न नागरिक उन्मुक्ती पाटीका सासंदलाई दिनकै फोन गर्ने गरेका छन् ।
नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई सोडारीले फोन गरेर हैरान पारेका छन् । सोडारीले आफुलाई मुख्यमन्त्री बनाउन भन्दै चौधरीलाई फोन गरेको गर्यै गरेका छन् ।
सोडारीले आफुलाई खोजी हिँडिरहेको उनले बताएका छन् । चौधरीले भने-‘एकीकृत समाजवादीको दीर्घ सोडारीजीलाई पत्र पठाएको रहेछ। उहाँ मलाई खोजी हिँडिराख्नुभएको छ। मेरो सम्झौता चाहियो, मलाई मुख्यमन्त्री बनाइदिनूस् भनेर फोन गरेको गर्यै हुनुहुन्छ।’
उनले सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री दाबि गरेको बताउदै भनेका छन् ‘मैले न्युजमा पढ्छु कि मुख्यमन्त्री नागरिक उन्मुक्तिले माग्यो, तर माथिबाट अर्कै कुरा आउँछ। त्यसमा अलिकति असन्तुलन देखिएजस्तो लाग्छ मलाई।’
चौधरीले केन्द्रको सत्ता गठबन्धनले सुदूरपश्चिममा मुख्यमन्त्री समाजवादीको भागमा दिएर सरकार विस्तार अल्झाएको बताए । उनले सुदूरपश्चिममा वैशाख २ गते साँझको ५ बजेसम्म सरकार बन्ने कुरामा आफुहरु ढुक्क रहेको बताए ।
सुदूरपश्चिममा सरकार बनाउन गठबन्धनलाई हम्मे परिरहेको छ। फागुन २१ गते बनेको एमाले–माओवादी गठबन्धनसँग बहुमत छैन।
प्रदेश सभामा निर्णायक देखिएको नाउपाभित्र विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा ढिलाई भईरहेको छ ।