काठमाडौँ : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ।
सोमबार साँझ उक्त अस्पतालको गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँको मुस्लो निस्किएको छ।
उक्त आगलागी विद्युत् सर्ट भएर हुन सक्ने बताइएको छ।
अहिले त्यहाँ आगो नियन्त्रणका लागि दमकलसहित अग्निनियन्त्रकको टोली पुग्दैछ। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ।
Facebook Comments Box