Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाली सेनाले ७० वर्ष उमेरभन्दा माथिका भूपू जति सबैलाई आवश्यकताअनुसार कृत्रिम दाँत फेरिदिने भएको छ । त्यसका लागि वार्षिक दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । चार चरणमा गर्न लागिएको कृत्रिम दाँत सेवा विस्तार अभियानको पहिलो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक तथा तिनका श्रीमतीलाई राखिएको छ । दोस्रो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक,श्रीमती र आश्रित परिवार तथा बहालवाला सैनिकका आश्रित परिवार र तेस्रो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक, श्रीमती र आश्रित परिवार तथा बहालवालाको आश्रित परिवार र चौथोमा ७० वर्ष माथिका भूतपूर्व सैनिक,श्रीमती र आश्रित परिवार तथा बहालवाला सैनिकका आश्रित परिवारको दाँत फेर्न लागिएको…

Read More

धनगढी : बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो । निर्वाचन आयोगले यहाँ वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको छ । स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइनेछ । चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र २७ गते उम्मेदवारको अन्तिम…

Read More

धनगढी : कञ्चनपुरमा नेपाली सेनाका मेजरले प्रयोग गर्ने गाडी दुरुपयोग भएको पाइएको छ। स्रोतका अनुसार मेजर राजिवजङ्ग ठकुरीले ना १ झ ५५६ नम्बरको आफ्नो गाडी दैनिक स्कुलतिर पठाउने गरेका छन्। कञ्चनपुरमा कार्यरत मेजर ठकुरीले महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीमा दैनिक गाडी पठाउने गरेको बताइन्छ। स्रोतका अनुसार उनको गाडीमा त्यहाँ अध्ययनरत एक विद्यार्थीलाई कार्यालयको गाडी ड्राइभरसहित ल्याउन, पुगाउन प्रयोग गरिदै आएको हो। तर मेजर ठकुरीले भने सवारी दुरुपयोगको विषय दण्डनीय हुने र आफ्नो सवारी दुरुपयोग नभएको दाबी गरेका छन्। उनले सेनाले शिवरात्री मनाउने तयारी गरेकोमा त्यसको निमन्त्रणा बाड्न गाडी पठाइएको जनाएका छन्। तर सोधखोज गर्दा त्यस्तो भने भेटिएको छैन।

Read More

धनगढी : सरकारी कार्यालयहरुबाट प्रदान हुने सूचना प्रवाहलाई सहज बनाउने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार धनगढीमा एकाउन्टीबिलिटी ल्याव नेपालद्धारा आयोजित सूचनामा नागरिकको पहुँच बिषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा धनगढी उपमहानगरपालिका सूचना अधिकारी सुरेन्द्र कार्कीले पालिकाले प्रदान गर्ने सूचनाहरुमा कुनै अवरोध नभएको धारणा राखे । उनले धनगढीले सूचना प्रवाहलाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउन विभिन्न माध्यमहरुको प्रयोग गर्दै आएको बताए । उनले भने–‘धनगढीले अहिले विभिन्न १० ओटा माध्यमबाट सूचना प्रदान गर्छ, हामीले हरेक कार्यपालिकाका निणर्यहरु वेवसाइटमा राख्ने गरेका छौ ।’ उनले थपे ‘हामी सूचना प्रवाहलाई सहज बनाउन प्रतिबद्ध छौ, छिट्टै सूचना प्रदान गर्ने अलग्गै वेवसाइट बनाउने…

Read More

काठमाडौं : धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभाको चर्चा एकाएक चुलिएको छ। कारण हो, विभिन्न व्यक्तिसँग उनको अवाञ्छित सम्बन्ध र सामाजिक सञ्जाल। राष्ट्रिय युवा संघ नेपालकी नेतृसमेत रहेकी शोभाले पैसा र पावरवाला व्यक्तिसँग निकटको सम्बन्ध बनाएर आर्थिक ठगी गर्ने गरेको थुप्रै अडिओ, भिडिओ तथा तमसुकजस्ता प्रमाण महेन्द्रनगरपोष्टले फेला पारेको छ। यतिमात्र होइन, शोभाका अनैतिक हर्कत (मिडिया) मा प्रसारणसमेत गर्न नमिल्ने गतिविधिका भिडिओ क्लिपहरु हामीसँग सुरक्षित छन्। हिजोमात्रै महेन्द्रनगरपोष्टले सुदूरपश्चिमस्थित डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंहसँग शोभा जोडिएको र उनले गरेको ठगीबारे सविस्तार समाचार प्रकाशित गरेको थियो। महेन्द्रनगरपोष्टले सोही विषयसँग सम्बन्धित एक थप भिडिओ प्रमाण प्राप्त गरेको छ। जसमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको एकीकृत फोहोर व्यवस्थापन उपकरण ‘माइक्रोवेभ’ खरिद प्रकरणमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिले मन्त्रालयले छानविन गरि तयार पारेको प्रतिवेदनलाई लत्याउँदै नयाँ प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । आइतबार बसेको समितिको बैठकले –‘विज्ञ टोली गठन गरि फोहोर व्यवस्थापन उपकरण खरिदमा लाग्ने शूल्क, ठेक्का प्रक्रियामा अपनाइएका आधार लगायतमा नयाँ प्रतिवेदन तयार गर्ने’ निर्णय गरेको हो । समितिलेनै सो उपकरण खरिदका लागि ठेक्का प्रक्रियाका क्रममा कुनै एक कम्पनिलाई पर्ने गरि स्पेसिफिकेशन तयार पारेको भन्दै मन्त्रालयलाई अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निर्णय गरेको थियो । मन्त्रालयले नियमअनुसारनै काम भएको प्रतिवेदन समितिमा पेश गरेपछि समितिले कम मूल्य पर्ने उपकरणमा बढी मूल्य…

Read More

काठमाडौँ : पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् । गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् । भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल…

Read More

काठमाडौँ । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लोगो सार्वजनिक गरेका हुन्। लोगोमा जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुराम धाम र महाकाली नदीलाई समेटिएको छ। अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ। फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

Read More

धनगढीः कैलालीमा एक एक १५ वर्षीया किशोरी गर्भवती भएकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ कि १५ वर्षीय किशोरी गर्भवती भएकि हुन्। उनी गर्भवती भएपछि घटनामा संलग्न विरुद्ध मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो। उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ। फागुन ७ गते मात्र घटना प्रहरीमा आएको हो। तर, किशोर फरार छन्। चौमाला क्षेत्रका नेताहरुले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत…

Read More