काठमाडाैं : नेपाली सेनाका वरिष्ठ उपरथी अशाेकराज सिग्देललाई रथी पदमा बढुवा सिफारिस गरिएको छ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका हुन्। प्रधानसेनापति शर्माले रथी(तीन तारे जर्नेल)मा बढुका लागि सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाकाे ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएकाे छ। उपरथी सिग्देलकाे बारेमा कुनै कैफियत नरहेकाे र विराेधमा उजुरबाजुर पनि नपरेकाले रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेकाे नेपाली सेनाकाे स्राेतले जनायो। सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८० भदाै २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाकाे ४५औं प्रधानसेनापतिकाे कार्यभार सम्हाल्ने निश्चित…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ। आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा स्कुले बालबालिकाको प्रयोग भएको पाइएको हो। विद्यामन्दिर नमूना माध्यमिक विद्यालय पञ्चदेवल विनायक नगरपालिका-३ विनायका विद्यार्थीले लाइनमा उभिएर ‘केपी बा हाइहाइ, अरू सबै बाइबाइ’ भनेर नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। अबोध बालबालिकालाई राजनीति दलको कार्यक्रममा नारबाजी गर्न लगाएको भनेर अहिले विद्यालय परिवार र एमाले अध्यक्ष ओलीको चर्को आलोचना भइरहेको छ। विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको छ। तर, यता विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेका नेताहरू गइरहेको…
धनगढी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत सर्वेक्षक रमण बम भारतमा मृत फेला परेका छन्। भारतको बेलरायाँमा शनिबार उनको शव फेला परेको आफन्तले बताएका छन्। आफन्तका अनुसार घरबाट औषधाेपचार गर्न भनी उनी केही दिनअघि भारत गएका थिए। यसअघि पनि उनी उपचारका लागि वेलावेला भारत जाने गरेका आफन्त महेन्द्र बमले बताएका छन्। मृत्युको कारण थाहा हुन नसकेको उनले बताए। वर्षीय रमणको शव भारतको लखिपुरमा पोस्टमार्टमपछि शनिबार राति कैलाली ल्याएर आइतबार अन्तिम संस्कार गरिएको छ। सर्वेक्षक बमको निधनको शोकमा जानकी गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ। कर्मचारीको निधनको शोकमा गाउँपालिका र सबै वडा कार्यालयमा बिदा दिइएको जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले जानकारी दिए।
धनगढीः धनगढीमा घर ज्वाइँ बसेका बझाङका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी छन्। उनी कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा ससुरालीमा बस्दै आएका थिए। शनिबार साँझ एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।
अछाम : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन्। अछामको विनायकमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताए। आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उनको भनाइ थियो। तर अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उनले बताए। ‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा…
काठमाडौं : अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो। सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ। कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब आठ करोड बराबर छ। अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो। प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनःसंरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो। प्राधिकरणका कार्यकारी…
कञ्चनपुर : कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन्। उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन्। स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्। “स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा ल्याइएका थिए”, स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन्।” स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको उनले बताए। भट्टका अनुसार मेसिन सञ्चालन गर्न दुई…
काठमाडौं : राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन्। शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन्।
कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेतकोट नगरपालिका-६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन्। शनिबार राति भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट १ ग्राम ८३ मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया का २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ। बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो। आगो तत्काल निभाइएको थियो। एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बताएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।