काठमाडौँ: आज कात्तिक १६ गते देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घन्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घन्टा मात्रै तोकेको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।
Author: महेन्द्रनगर पोष्ट
कैलाली: पालिका अध्यक्षले युवतीलाई अँगालो मारेर नाचेको भिडियो भाइरल भएपछि कैलालीको जोशीपुर गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग नाचेको भिडियोलाई गलत रुपमा नबुझ्न भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ। हिजो निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘शंकर सामुदायिक वन उपभोक्ता समितिको मिति २०८०र०७र११ गते वार्षिक सधारणसभामा उद्घाटन सत्रमा वेलुकाको समयमा आयोजित कार्यक्रममा यस गाउँपालिका प्रमुखज्यूको नेपाली गित संगितमा नृत्य भएको छ, यस विषयलाई लिएर विभिन्न मिडिया र सामाजिक संजालमा गलत प्रचार भईरहेकोमा ध्यानाकर्षण भएको छ । यसलाई गलत रुपमा नबुझन र गलत प्रचार नगर्न अनुरोध गर्दछौ।’ केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक…
काठमाडौं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पेभेलिएनमा फर्किए। उनले दुई चौका हानेका थिए। समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा…
टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्। पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्।पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको संख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन् । पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार…
कञ्चनपुर: लागुऔषघ ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरको बेलौरीबाट एक युवकलाई पक्राउ गरेको छ। बुधबार साँझ बेलौरी नगरपालिका–८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा रानाको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ: इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।
बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका-१ नेटास्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाइते भएकी थिइन्। घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी लग्ने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलले समूहको विजेता र उप–विजेताको टुंगो लगाउने छ । समान दुई खेलमा ४ अंक भए पनि ओमान नेटरनरेटका आधारमा अंकतालिकाको शीर्ष स्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । फाइनलमा पुग्ने दुई टिम यसै वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी २० विश्वकपमा छनोट हुनेछन् ।
कञ्चनपुर: कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो। नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्। ‘पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशक भन्दा बढी समय भइसक्यो’, दोधारा चादँनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भने, ‘अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ।’ उनका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयवासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पु¥याएको छ। जोगबुढा नदी पारीमा…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।