Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा…

Read More

धनगढीः नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा शिव मन्दिर परिसरमा सरसफाइ गरिएको छ। ११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार विहान धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम शिव मन्दिरमा सरसफाइ गरिएको हो। सेवा नै धर्म हो भन्ने मूल नारासहित प्रहरी श्रीमती संघ सुदूरपश्चिमले मानविय सेवा सँगसँगै “सामाजिक कार्य” अन्तर्गत मन्दिरमा सरसफाइ गरिएको छ। सरसफाइ कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी बरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका गण प्रमुख प्रहरी उपरीक्षक देबेन्द्रबहादुर पाल, जिल्ला प्रहरी कार्यालय…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा कैलालीले ६४ पदक सहित विजयी भएको हो । कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कांस्य सहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । यस्तै कन्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ । कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कांस्य गरी ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कांस्य गरी ३३ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दीपक बहादुर सिंहले नगद पुरस्कार…

Read More

बारा । बारामा मंगलबार अपराह्न भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२२, ३ नं. पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको  ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो ।  बसमा २३ जना यात्रु सवार रहेका थिए । उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ । १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौँडा सरकारी अस्पतालमा उपचार भइरहेको :१. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नवराज…

Read More

काठमाडौं : चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो । पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् । तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।

Read More

काठमाडौं : मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ । पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । इलाका प्रहरी कार्यालय स्रोतका अनुसार बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका छन् । पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री झपट साउँदसहित माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । जादाजादै मन्त्री साउँद र उनको सचिवालयका कर्मचारीको सेवासुविधमा ३१ लाख बढि खर्च भएको पाइएको छ । गत ५ जेठमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका साउँदले ९ महिनाको अवधीमा ३१ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् ।यो उनी मात्र नभएर उनका निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी समेतको खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले उपलब्ध गराएको सूचनाअनुसार ९ महिनामा मन्त्री साउँद…

Read More

डोटीः डोटीमा चितुवाले ११ वटा बाख्रा मारेको छ। आज (मंगलबार) जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो। गोठभित्र बाँधिएका बाख्रा जंगली जनावर चितुवाले आक्रमण गरेर विष्टका ११ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

Read More