Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) सहित ३२० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ। सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ।

Read More

काठमाडौं: बलात्कारको अभियोग लागेका इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन्। उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। यस अगाडि दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले सांसदबाट हटाएको थियो।

Read More

धनगढीः कैलालीको गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर आज (बिहीवार) बिहान मृत्यु भएको हो। घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। साइबर ब्यूरोमा कार्यरत हुँदा सुवेदीले मुद्दा मिलाइदिन्छु भन्दै ९९ हजार घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। सुवेदीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।

Read More

काठमाडौं: उपत्यका ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले ट्राफिक प्रभागहरुको निरीक्षण तथा अनुगमन गरेका छन्। बोहराले बिहीबार ट्राफिक प्रहरी प्रभाग गौशाला तथा ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा निरीक्षण गरेका हुन्। सो क्रममा उनले मातहत कर्मचारीलाई निर्देशन पनि दिएका थिए। निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गरे।

Read More

काठमाडौं: नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी जाने भएका छन्। धनगढीमा शुक्रबार र शनिवार आयोजना हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी जान लागेका हुन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। उनले धनगढीस्थित ओम पार्टी प्यालेसमा प्रतिक्षण कार्यक्रम हुने बताएका छन्।

Read More

काठमाडाैं: टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन्। हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै हिजो नै जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा एक किशोरीको शव फेला परेको छ। महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाई छ।

Read More

काठमाडौं: काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ। काठमाडौं महानरपालिका ३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहरीले जुवा खेलिरहेको विषय सार्वजनिक भएको हो। सो विषय सार्वजनिक भएपछि अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वर तानिएको छ। अहिले उनीहरुलाई तानेर उनीहरूको स्थानमा नयाँ टोली पठाइएको डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। स्रोतका अनुसार थापासहितको टोली आफ्नो डिउटी समयलाई छलेर कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए।

Read More

काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन्। उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए। यस्तै उनले आफ्नो राजनैनिक तथा सामाजिक जीवन सकाउने खोज्नेहरुलाई अदालतको निर्णयले पराजित गराइदिएको पनि बताएका छन्। आजमात्रै उनीविरुद्धको मुद्दा अदालतले खारेज गरिदिएको थियो। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो। न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले सो मुद्दा खारेज गर्ने निर्णय गरेको हो। एमाले नेता बस्नेतविरुद्ध पाठकले बलात्कार, भ्रुण…

Read More