काठमाडाैं: टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन्। हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै हिजो नै जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा एक किशोरीको शव फेला परेको छ। महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाई छ।
Facebook Comments Box