Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सर्ट भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय मान्न आलटाल गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केही सेवा प्रदायकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका अनुसार, ती संस्थाहरूविरुद्ध कारबाही प्रक्रियासमेत अघि बढाइएको छ ।  अन्य इन्टरनेट सेवा प्रदायकलाई समेत सचेत गराउँदै प्राधिकरणले अटेर गरे दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले कतै टिकटक चलिरहेको भए content@nta.gov.np खबर गरिदिन इन्टरनेट सेवाग्राहीलाई आग्रह पनि गरेको छ । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्घभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिररहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार…

Read More

बैतडी : बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ। ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो। सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ। सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले बताए। सामाजिक…

Read More

काठमाडौं : साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ। समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ। यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ। उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो। प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ। यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ। साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको…

Read More

काठमाडौं: नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्। यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन्। यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ । उसो त नेपाल प्रहरीमा…

Read More

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित ६ युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको पुनर्वास नगरपालिका-१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनारसहित चार जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यी चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। धनगढी  उपमहानगरपालिका-२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनसहित बझाङको दुर्गाथली गाउँपालिका-७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। रोहितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट ११० मिलिग्राम लागुऔषधसहित डोटीको शिखर…

Read More

दार्चुला : दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ। जिल्लाको मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट भएर शुक्रवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए। आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, विद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका युवा नेता ऐन महर परस्त्रीसँग लागेपछि पार्टीबाट कारबाहीमा परिसकेका छन्। ऐनले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका थिए। स्नातकोत्तर गरेकी महरपत्नी विभिन्न कलेजमा पढाउँछिन्। तर, जेठी पत्नी हुँदाहुदैन अर्कीसँग लागेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको थियो। महरले बझाङकै रश्मिला धामीसँग अनैतिक सम्बन्ध राख्दै उनैसँग बिहे गर्नेसम्म बाचा गरेका थिए। तर, पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि महर टाढिन खोजे। ऐनले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन्। त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन्। त्यो अडियो अध्यक्ष ओलीको…

Read More

कैलाली : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियले जनाएको छ। उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाएर भागेको थियो। घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले प्रहरीले जनाएको छ। दुवै…

Read More

कैलाली : कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। हिजो(शुक्रबार) जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्। आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा उनी पासोमा परेको बताइएको छ। सोही झुलामा लट्पटिएर घाटीमा पासो लागि उनको मृत्यु भएको हुनसक्ने प्रहरीके बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौँ: काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट हिजो राति ११:४५ मा उद्धार गरेको हो। बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन्। विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन्। शुक्रबार काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर…

Read More