Author: महेन्द्रनगर पोष्ट

बारा : बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।  घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा –९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन। उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो। यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो। सख्त घाइतेहरुमा विरगंज महानगरपालिका वडा–९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन्।…

Read More

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ। अस्ति निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो। निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो। निकुञ्जभित्र जथाभावी शौच गर्न मनाही छ।

Read More

काठमाडौं: सोमबारको घटना हो, काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी वर्षको बजेटबारे बोलिरहेका थिए। उनले बजेट कस्तो हुने भनेर बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिरहेका थिए। त्यही बेला लघुवित्त वित्तीय संस्थाका पीडितहरु झण्डै ५० जनाको सँख्यामा नाराबाजीसहित संसद भवन पसे। उनीहरु गेटमै रोकिएनन्, भित्रै परिसरमा प्रवेश गरेर नाराबाजी थाले। सुरक्षाकर्मीहरुलाई पन्छाउँदै संसद बैठक स्थलतर्फ अगाडि बढेका उनीहरुलाई मर्यादापालक आएर रोके। लघुवित्तका ऋणीहरुले भुईंमै सुतेर नाराबाजी गरे, सांसदतिर चोर औंला उठाए। प्रहरीको थप फोर्स आएपछि ४८ जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेर तुरुन्तै सिहंदरबार वृत्तमा…

Read More

कञ्चनपुर : बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन्। चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन्। बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ । “विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु…

Read More

डोटी : डोटीको शिखर नगरपालिका(३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउँछन् । यो वर्षका लागि उहाँनले चैते धानको बेर्ना छरिसकेका छन् । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भने, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउँदा दोब्बर फाइदा हुन्छ ।” उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताए । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि…

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ। नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो। परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयसंग नगरपालिकाले सहकार्य गरेको छ। `परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका विभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्,´ मेयर जोशीले भने, `यसै क्रममा परशुराम नगरपालिका र सुदुरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो।´ मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डरसमेत आह्वान गरिएको छ। विश्वविद्यालयले टेण्डर आह्वान गरेको हो। पुस्तकालय स्थापनाका लागि एक करोड ६० लाख बढीमा…

Read More

बझाङ : बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन्। जिल्लाको तल्कोट गाउँपालिका-४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन्। हिजो(सोमबार) साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन‍्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका ७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की रहेकी छन्। उनलाई हिजै साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको हो।  उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी…

Read More

कैलाली : कैलालीको विभिन्न स्थानबाट एकै दिन दुई महिलासहित ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी ईकाइबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्। यी हुन् पक्राउ पर्नेहरु १. बहु बिहाह मुद्धामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१२ का २९ वर्षीय दिलबहादुर थापा २. लागुऔषध मुद्धामा १६ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय शम्भु सेवा ३. लागुऔषध मुद्धामा ११ दिन कैद सजाए तोकेका…

Read More

बझाङ : बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। हिजो बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडिको टायर निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो। साँझ ६:३० बजे भएको दुर्घटनामा परी बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन्। उनीहरु दुवै जनाको  बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ। सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक…

Read More