Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ। उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिने भएको छ। यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

Read More

डडेल्धुरा : कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये अमरगढी नगरपालिका पहिलो बनेको हो। देशभर भने अमरगढी ११ औं स्थानमा रहेको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८ दशमलव ९९ प्रतिशत अङ्क प्राप्त गरेको छ। यस्तै डडेल्धुरा जिल्लामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ। उसले ४१.९१ अंक पाएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६०. अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.८३ प्रतिशत अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ। कार्यसम्पादन मूल्याङ्कन गर्न…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ महायज्ञ उद्घाटन गर्दैछन्। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि यहि फागुन २५ गते (शिवरात्रीको दिन) सम्म सञ्चालन हुने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्ताहन गर्न लागेका छन्। कोटीहोम मुल आयोजक समितिका अनुसार राष्ट्रपति पौडेलले आज बिहान ११ वजे कोटिहोम महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ। वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातक…

Read More

कैलाली : कैलालीको टीकापुरका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। 

Read More

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।   पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम खैरो हेरोइनसहित भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनसहित भारतबाट नेपालतर्फ आउदै गरेका बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधबार साँझ पक्राउ गरेको हो। यी दुवैजनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको धनगढी-३ घर भएका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्र सिंह ठगुन्नासहित एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका छन्। उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।  आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँमा पनि दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेस र बागमती प्रदेश लगायत  देशको पहाडी आंशिक देखि साधरणतया बदली  रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी…

Read More

धनगढी : आज (बुधबार) भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका वडा नम्बर ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा विस्फोटक पदार्थ विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले सडक चौडा तथा मर्मतका लागि काम गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएको बताए । प्रहरीका अनुसार घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् । घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ…

Read More

धनगढी : राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार अछाम आउने भएका छन् । बिहीबारदेखि २५ गते सम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल यहाँ आउन लागेका हुन् । कोटीहोम मुल आयोजक समितिका अनुसार भोलि बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ) को समुद्घाटन गर्ने छन् । नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो । जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि भोलिदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ । वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम्…

Read More

धनगढी : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन मार्फत केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  लेखा समितिको उपाध्यक्षमा पार्वती बराइली (रेसु) निर्विरोध निर्वाचित हुँदा सचिवमा गणेश बहादुर बोहरा पनि निर्विरोध भएका छन् । एक एक पदको उपाध्यक्ष र सचिवमा उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै अध्यक्षमा जनक राज जोशी र रामचन्द्र जोशी बिच प्रतिस्पर्धा हुने भएको छ भने चार सदस्यको लागि पाँच जनाको उम्मेदवारी परेको छ । बुद्धिजीवी तर्फ हरिप्रसाद सापकोटा र मजदुर तर्फबाट जितबहादुर मल्ल,चन्द्रप्रकाश गैरे र हिरा देवी विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा…

Read More