Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्। त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३१ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२) मा मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ। तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्। योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ। यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ। मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली…

Read More

कर्णाली : चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनले भने, ‘पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ ।…

Read More

धनगढी : ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार भने । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा कांग्रेस सभापति देउवालाई लक्षित गरेर गोली प्रहार गरेको घटना विस्तृत रुपमा उल्लेख छ । पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना स्मरण गरेका थिए । पुस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरे । ‘त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सन्देश फैलिएको देखिन्छ’, उनले भने । तत्कालीन विद्रोही पक्ष माओवादीले…

Read More

धनगढी : १७ माघ २०७८ मा शिलान्यास गरिएको धनगढी उप–महानगरपालिका– ४ को वडा भवनको उद्घाटन बुधवार परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिन् । शिलालेख अनावरण र रिबन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा कैलाली ५ का सङ्घीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख, उप–प्रमुख सहितको सहभागिता थियो । भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडाध्यक्षलगायत तत्कालीन जनप्रतिनिधिहरूलाई भने खबर नगरिएको आरोप लागेको छ । उद्घाटनमा नबोलाएपछि निवर्तमान वडाध्यक्ष दीपक थापाले शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी आक्रोश पोखे । वर्तमान वडाध्यक्ष बुद्धि खड्काले भवन शिलान्यासको शिलालेख नराखेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘वडा भवन कार्यक्रममा…

Read More

धनगढी : कैलालीमा साढे चार किलो चरेससहित एक जना पक्राउ परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो । धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको डीएसपी…

Read More

काठमाडौं: ३० वर्षे सेवाहदसम्बन्धि भदौ ६ गतेको अन्तरिम आदेश खारेज भएसँगै शनिबारदेखि नेपाल प्रहरीका करिब एक सय अधिकृतले अवकाश पाउने भएका छन्। शुक्रबार सर्वोच्च न्यायाधीशद्वय विनोद शर्मा र शारङगा सुवेदीको इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गरेको हो। न्यायधीश हरि फुयालको इजलाशले सेवाहदबाट तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएकोमा त्यसविरुद्ध सरकारले पुनरावलोकन गरेको हो। शुक्रबारको फैसलासँगै डिआइजीसहितका अधिकारीले अवकाश पाउने निश्चित भएको हो । क–कसले अवकाश पाउँदैछन् ? डिआइजीः विष्णु कुमार केसी एसएसपीहरुः जीवन कुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रवि कुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रबिन्द्र रेग्मी। एसपीहरुः कृष्ण…

Read More

काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी विवादमा यसअघि दिएको अन्तरिम आदेश उल्टाइदिएको छ। सरकारले दायर गरेको भ्याकेट निवेदनमाथि सुुनुवाई गर्दै न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले यसअघिको अन्तरिम आदेश उल्टाएर सरकारको मागबमोजिम हुने आदेश गरेको हो। सरकारको तर्फबाट गृहसचिवले अन्तरिम आदेश बदरका लागि दायर गरेको निवेदनमाथि शीघ्र सुनुवाईका लागि हिजो न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको इजलासले आदेश दिएपछि आज इजलास नम्बर १० मा पेसीमा चढेको थियो। यसअघि विभिन्न दर्जाका २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटमा भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकार भ्याकेटमा…

Read More

बाजुरा : नेकपा एमाले बाजुराले पार्टी कमिटीको कार्यविभाजन गरेको छ । मार्तडीमा बसेको बैठकले ६ वटा विभाग, जनसंगठन मोर्चा र वडा कमिटीको जिम्मेवारी बारे नेताहरुको कार्यविभाजन गरेको हो । पार्टी पदाधिकारीबीचको छलफलबाट तय गरिएको कार्यविभाजनको खाका जिल्ला कमिटीले अनुमोदन गरेको छ । पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वर्षे योजना सहीत बार्षिक कार्ययोजना पारित गरेको छ । भने ६९ वटा वडा र विभागको कार्यजिम्मेवारीको विभाजन गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । बैठकले संगठन विभाग प्रमुखमा अमर खड्का, स्कुल विभाग प्रमुखमा जनक कुमार बोहरा, आर्थिक विभाग प्रमुखमा काशी विक, स्थानीय तह समन्वय विभागमा रामबहादुर बानीया प्रचार विभागमा…

Read More

धनगढी : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडक छेउमा एक जना मृत अवस्थामा फेला परेका हुन् । कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत…

Read More

काठमाडौँ : भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट शुक्रबार उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्यादसम्बन्धी प्रावधान नराख्न सरकार तयार रहेको जानकारी गराएका थिए। लगत्तै भएको छलफलका क्रममा सांसदहरुले पनि हदम्याद राख्ने विषय उचित नभएको र हटाउनुपर्ने बताए। त्यसपछि समितिका सभापति खतिवडाले उक्त व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए। जुन प्रस्ताव समितिबाट पारित भएको छ। भ्रष्टाचारको हदम्यादसम्बन्धी प्रस्ताव राखेकोमा चौतर्फी विरोध भइरहेको थियो। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पटकपटक प्रश्न उठाएका थिए।

Read More