काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको टोली भारत भ्रमणमा छ। जसक्रममा टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ निकट नेतासँग हरिद्वारमा भेटघाट गरेको छ। साथै योगीलाई पनि भेट्न खोजेको बताइएको छ।
नेपालमा मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला हरिद्वारस्थित पतन्जली योगपिठमा भएको उक्त भेटघाटमा धार्मिकभन्दा राजनीतिक कुराकानीले महत्व पाएको बुझिएको छ। भेटमा नेता साउदसहित आचार्य बालकृष्ण, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह सहभागी थिए।
उनीहरूले ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारको समीक्षा गर्नुका साथै मन्त्री हेरफेरको सम्भावना र आफ्ना आकांक्षा भारतीयहरुलाई सुनाएको बताइन्छ। जसक्रममा नेपालमा मन्त्री फेर्नपर्ने कुरामा छलफल भएको थियो।
बताइएअनुसार साउदले मुख्यमन्त्री याेगीसँग पनि भेटको आकांक्षा राखेकोमा अहिलेसम्म समय पाइसकेका छैनन्।