Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले कैलालीको सुुखडमा भइरहेको जिल्ला अधिवेशन तीन दिनदेखि जारी छ। निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधित गर्पनि तोकिएको समयमा मतदान हुन नसकेको हो। आजमात्रै दिउसो १२ बजेदेखि मतदान हुने भनिएको थियो। तर, बिहीबार दिउँसो सम्म पनि मतदान सुरु भएको छैन्। निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन्। ८ गते विहान ८ बजे हुने भनिएको मतदान १० गतेको दिउसोको ३ बजेसम्म पनि सुरु नभएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ गते विहान ८ बजे र १० गते दिउसो १२ बजे भनेर तीन/तीन पटक निर्वाचन कार्यतालिका संसोधन गरिसकेको छ। दिउँसो १२ बजेदेखि भनिएको मतदान ३…

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष हुन्, रेशम चाैधरी। पूर्व सांसदसमेत रहेका चौधरीले डिल्लीबजार कारागारबाटै पत्नी रन्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। जेलमुक्त भएलगत्तै राजनीतिक सक्रियता बढाएका उनी २७ पुसमा महाधिवेशन गरेर आफैं अध्यक्ष निर्वाचित भए। नेपालको कानुनले फौजदारी अभियोग लागेको व्यक्ति राजनीतिक दलको सदस्य बन्न नपाउने प्रष्ट व्यवस्था गरेको छ। कानुनले त्यस्ता व्यक्तिलाई दलको सदस्य वा पदाधिकारी हुन पूर्णत: बन्देज लगाएको छ। तर, राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिलाई फौजदारी कसुरबाट उन्मुक्ति पाएको भन्न नमिल्ने बहस छ। यस सन्दर्भमा चौधरी अध्यक्ष बन्न मिल्छ कि मिल्दैन ? भन्ने सार्वजनिक बहस भैरहँदा निर्वाचन आयोगले यसबारे छानविन थालेको बुझिएको छ। नागरिक…

Read More

काठमाडाैं : मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ। प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले बताए। जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई पठाइएको छ। सर्वोच्च अदालत सुरक्षा कार्यालयमा विनोद सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ। प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ।

Read More

कञ्चनपुर :  कञ्चनपुरमा कुकुरबाट चार लाख मूल्य बढीका कुखुरा मारिएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको हो। बिहिवार बिहान फार्मको तारजाली तोडेर भित्र पसेको कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको छ। सय बढी कुखुरा घाइते छन्। ‘बैँकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी ब्यहोर्न बाध्य भएका छौँ।’फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन।…

Read More

काठमाडौंः डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर अमरगढी नगरपालिका–१ का एक किशोरको मायाजालमा परिन्। र, उनी ती किशोरसँग गत बैशाखमा भागेर गइन्। गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा चुर्लुम्म डुबेकी उनी १८ वर्षकी थिइन् भने ती किशोरको उमेर १५ वर्ष मात्रै छ। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। दुवै जनाको उमेर विवाह गर्न योग्य नभएपछि किशोरी पक्षले छोरी फिर्ता ल्याउने कुरा गरे। तर, ती किशोरले भुवनेश्वरीलाई ‘फिर्ता लगे मर्दिन्छु’ भन्ने धम्की दिएपछि किशोरी पक्षले छोडिदिए। भुवनेश्वरीकी बहिनी सावित्री ऐरका अनुसार, ती किशोरले राम्रोसँग पाल्ने आश्वासन समेत दिएका थिए।…

Read More

काठमाण्डाैं : आज सुनचाँदीकै भाउ घटेको छ। सुनको भाउ चार सय रुपैयाँले घटेको हो। सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ १५ रुपैयाँले घटेको छ। चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम बुझाउने म्याद थप गरेको छ। यसअघि माघ १५ गतेभित्र आवेदन फाराम बुझाई सक्नुपर्नेमा बोर्डले यही फागुन २१ गतेसम्म म्याद थप गरेको हो। बोर्डले विविध कारणले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राखी बुझाउन अनुरोध गरेको छ। सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८०-०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामहरु मिति २०८० माघ १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीका लागि २०८० फागुन २१ गतेभित्र फाराम बुझ्रने-बुझाउने गरी म्याद थप गरिएकोले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई…

Read More

काठमाडौं : तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए। आशुतोषले २८ रन बनाए। उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए। अर्जुनले पनि टोलीको खातामा २७ रन थपे। उनले ५३ बलमा दुई चौका प्रहार गरे। कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए।चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८…

Read More

काठमाडौं : नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन्। कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो। उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए। त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन्। उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिति सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।

Read More