Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका शनिवारदेखि खुलेका छन् । शनिवार एक कार्यक्रमका बीच संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो । कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् । नाका खुलेसँगै परराष्टमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन् । त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्टमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसंग बोल्दै मन्त्री श्रेष्ठले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीबिच भेटवार्ता भएको छ । भेटवार्तामा प्रदेशको अवस्था , नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । शुक्रवार कैलाली पुगेकी मन्त्री चौधरीले शनिवार प्रदेश प्रमुखसँग भेटवार्ता गरेकी हुन् । शनिवार कञ्चनपुर र कैलालीका कार्यक्रम सकेर प्रदेश प्रमुखसँग भेट गर्न उनी पुगेकी थिइन् । प्रदेश प्रमुख मियाँसँग मन्त्री चौधरीसहित पूर्व मन्त्री तथा निर्वतमान सांसद नारदमुनी राना, निवर्तमान सांसद निरुदेबी पाल, प्रदेश सभा सदस्य तथा एमाले संसदीय दलको उपनेता सन्तोष शर्मा थापा लगायतको टोलीले भेटवार्ता गरेको थियो । ‘यहाँको कार्यकालसम्म सुदूरपश्चिम प्रदेशमा संवृद्धि सुशासन र…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शिर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन…

Read More

काठमाडौँ : चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका हुन् । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेन शाहको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो । सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक…

Read More

धनगढी : बाजुराको बडीमालिका नगरपालिका–२ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख अमर बहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि वडालाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो। वडा कार्यालयको आयोजना र नगर महिला तथा बालबालिका शाखाको समन्वयमा वडालाई छाउ गोठमुक्त घोषणा गरिएको वडाध्यक्ष डमर महतले बताएका छन् । सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि किशोरी, महिला, धामीझाक्रि र जनप्रनिनिधीले समुदायमा जनचेताना सन्देश दिई छाउपडी प्रथा अन्त्य गर्ने लामो समयको प्रयासपछि वडालाई छाउपडी गोठमुक्त वडा…

Read More

धनगढी: कञ्चनपुरमा बालिका करणी आरोपमा एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका–५ भकुण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए।

Read More

काठमाडौं : प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरेका छन्। साथै उनले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान…

Read More

धनगढीः कैलालीका विभिन्न स्थानबाट प्रहरीले १० लाख बढीको भन्सार छलिको सामानसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी–७ मनेहरा स्थित पेट्रोल पम्प र गोदावरी नगरपालिका–४ गोदावरीबाट भन्सार छलि गरि ल्याएका सामान प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो। अन्दाजी १० लाख १३ हजार २ सय मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर वेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामानसहित ट्याक्टरलाई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई प्रधान कार्यालयमा स्वागत गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो ।

Read More