Author: महेन्द्रनगर पोष्ट

धनगढी : वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा र बझाङमा (१) प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। ‘

Read More

काठमाडौं : सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो। त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा काठमाडौमा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश दिएको छ । जिल्ला र उच्च अदालतले थुनामा पठाउन गरेको आदेशविरुद्ध रायमाझीसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, गृह मन्त्रालय अन्तर्गतको तत्कालीन हज कमिटिका अध्यक्ष समशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई र बिचौलिया सानु भण्डारीसहितले दिएको पुनरावेदनमा आज सर्वोच्चमा सुनुवाई भएको थियो । सर्वोच्चले शमशेर मियाँलाई साधारण तारेख तथा आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा…

Read More

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आज रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैद (२० वर्ष) को सजायँ सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई बिस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो । जन्मकैदको सजायँ पाउनेमा अफतावसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी हुन् । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राजपुर नगरपालिकाको फरदवा गाउँमा बम बिस्फोट गराई प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको…

Read More

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिका–७, महुलियाका भीमदत्त पाण्डेयले छोराको उपचारमा आर्थिक सहयोग जुटाइदिन हारगुहार गरेका छन् । राजधानीको कीर्तिपुर बर्न हस्पिटलमा ९ वर्षीय छोरा मनिष पाण्डेयको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका हुन् ।  वैशाख ६ गते घरमा खाना पकाउने क्रममा तातो दाल जीउभरि खस्दा मनिष गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ । तर,आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको बुबा पाण्डेयले बताए ।  उनले भने, ‘हालसम्म ५० हजारभन्दा बढी खर्च भइसक्यो । अझै अपरेशन र औषधिको लागि लाखौं रुपैयाँ आवश्यक पर्छ भन्नुहुन्छ डक्टर साहेबहरु । अहिलेसम्म त जसोतसो पहिला खाईनखाई…

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टी छोड्ने संकेत गरेका छन् । दशौँ महाधिवेशनमा केपी ओलीसँग प्रतिष्पर्धा गरेकै कारण प्रतिशोध साँधेर पार्टीबाट निकाल्न खोजिएको दाबी गरेका उनले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको जनाउँदै एमाले छोड्न लागेको संकेत दिएका हुन् ।   ललितपुरको गोदावरीमा हालै सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्रसमेत उपलब्ध नगराएर निषेध गरिएको र त्यसले आफूलाई गम्भीर मोडमा पुर्याएको रावलले बताए । यसलाई जनताको बहुदलीय जनवाद र एमालेको परम्पराविरित भनेका उनले आफ्ना लागि स्वीकार्य नहुने स्पष्ट पारे । ‘एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’,…

Read More

काठमाडौं : आमरण अनशन बसेका रुसी सेनाका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा गएका नेपालीको जीवन रक्षाको माग गर्दै अनशन बसेको सातौं दिन बिहीबार प्रहरीले उनीहरूलाई भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको हो । प्रहरीले तीन जना बच्चासहित १२ जनालाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृतमा राखेको रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता कृतु भण्डारीले बताइन् । रुसी सेनामा भर्ना भएकाहरूको १८ जना आफन्त भृकुटीमण्डपमा आमरण अनशन बसिरहेका थिए । उनीहरूले आज दिउँसो रुसी सेनामा गएका नागरिकहरूको जीवन रक्षाको माग गर्दै रसियन राजदूतावास अगाडि धर्ना दिने तयारी गरेका थिए । भण्डारीले शान्तिपूर्ण ढंगले अनशन बसिरहेका बेला प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको…

Read More

धनगढी : उपचुनावलाई मध्यनजर गर्दै तीन अलग कार्ययोजनासहित सुरक्षा प्रवन्ध मिलाइएको छ । प्रहरीले मौन अवधि शुरु भएदेखि अन्तिम परिणाम सार्वजनिक नहुँदासम्मको अवधिलाई तीन चरण मानेर छुट्टाछुट्टै कार्ययोजनासहित समग्र निर्वाचनको सुरक्षा व्यवस्था मिलाएको हो । नेपाल प्रहरीले आज ठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनपूर्व, मतदानको दिन र सम्पूर्ण मत परिणाम सार्वजनिक नहुँदासम्म अलग-अलग सुरक्षा योजना बनाएको जानकारी दिएको छ । जसअनुसार उपनिर्वाचन हुने इलाम-२ र बझाङ-१ (१)मा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने छन् । निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्रभित्र मतदानको दिन हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गरेर सबै सुरक्षा…

Read More

धनगढी: कैलालीमा प्रहरीले झन्डै ११ लाखका अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका टोलीले अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र बहादुर बोहराका अनुसार विभिन्न स्थानहरुबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य दश लाख उनानब्बे हजार एक सय साठी रुपैयाँ बराबरका मालसामानहरु बरामद गरिएका हुन्। ती सामान अहिले नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाईएको छ। यस्तो छ विस्तृत विवरण

Read More

धनगढी: कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित ११ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जना जुवाडे पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी समेत रहेका छन्। यसरी पक्राउ पर्नेमा विभागका कर्मचारीसमेत रहेका भीमदत्त नगरपालिका-६ घर भएका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलका पुत्र निरज रावल रहेका छन्। रावलको प्रदेश प्रहरी कार्यालय हेटौडा दरबन्दी रही काजमा महेन्द्रनगरको गड्डाचौकी हेर्नेगरी खटाइएका थिए। यस्तै रावलसहित भीमदत्त नगरपालिका-६ का डम्मर भट्ट, धर्मराज जोशी, भीमदत्त नगरपालिका-७ का बलदेव भट्ट, भीमदत्त नगरपालिका-४ का राजेश सोनी, भीमदत्त नगरपालिका-१९…

Read More