Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा हुने भएको छ। नियमित सरुवा अन्तरगत देशभरका इन्सपेक्टरहरुको सरुवा हुन लागेको हो। समयावधि पुगेका इन्सपेक्टरहरुको सरुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आजभोलिमै सरुवा निस्किने छ। यस्तै विवादित तथा आर्थिक चलखेलमा संलग्न इन्सपेक्टरहरु पनि समय नपुग्दै तानिनसक्ने देखिएको छ।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेनलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार ती क्याप्टेनले उडानका दौरान अस्वीकार्य र अनाधिकृत गतिविधि गरेका थिए । उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो । प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालय जयपृथ्वी बहुमुखी क्याम्पस बझाङका एक प्राध्यापक पक्राउ परेका छन । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पस बझाङका प्राध्यापक राजेन्द्र धामी पक्राउ परेका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकी टोल बस्दै आएका प्राध्यापक धामीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले प्राध्यापक धामी पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार धामी विरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको छ । शनिबारदेखि प्राद्याध्यापक धामी प्रहरी हिरासतमा छन । उनी बिरुद्धमा श्रीमतीले अभ्रद व्यवहार अन्र्तगत प्रहरीमा उजुरी दिएपछि छानबिनका लागि प्रहरीले पक्राउ गरेको बताए ।

Read More

काठमाडौं : नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा डीएसपी भट्टराईले आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप थियो । लगत्तै गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह स्रोत बताउँछ । उनको निलम्बन पनि फुकुवा भएको छ ।

Read More

काठमाडौं : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक रनको रोमान्चक जित हात पारेको छ । २२३ रनको लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा २२१ रनमा अल आउट भयो । बेंगलोरलाई अन्तिम ६ बलमा जित्नलाई २१ रन चाहिँएको थियो । कर्ण शर्माले पहिलो, तेस्रो र चौथो बलमा मिचेल स्टार्कलाई छक्का हानेपछि दुई बलमा तीन रन आवश्यक थियो । पाँचौं बलमा कर्ण शर्मा स्टार्कको बलमा कट एण्ड बोल्ड आउट भए । अन्तिम बलमा तीन रन चाहिँदा लोकी फर्गुसन दुई रन दौडिनेक्रममा विकेटकिपर फिलिप साल्टबाट रन आउट भएपछि कोलकाता विजयी भएको थियो । बेंगलोरका…

Read More

काठमाडौं : नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण गरेका छन्। अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे । अवलोकन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध…

Read More

सुर्खेत : रुकुम पश्चिमको भड्नीगारे सामुदायिक वनमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका-३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेकी छन् । पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले उनको शव जिल्ला अस्पताल सल्लेमा ल्याइसकिएको बताए । प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि आगोले नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा भने आएको छैन । त्यहाँ अहिले प्रहरीको रोहवरमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ शुकासालका सवारी ज्यान मुद्दामा दोषी ठहर करन चन्द पक्राउ परेका हुन्। उनी जिल्ला अदालत कञ्चनपुरको २०८० माघ ८ गतेको फैसलाबाट दोषी ठहर भएका थिए। २ महिना ८ दिन कैद र ७० हजार जरिवाना तोकिएका चन्द फरार थिए। फरार चन्दलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

Read More

काठमाडौँ : रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी ९नाउपा० गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए । उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनशिपमा रोमाञ्चक जित दर्ता गरेको छ। आइतबारको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो। कोशी प्रदेशले भने प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको छ। सुदूरपश्चिमले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोसी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन मात्र बनाउन सक्यो। कोसीका लागी श्रवण यादव ४६ र दिपेश कंडेल २१ रनमा नटआउट रहे। मिनस थापाले ३४ तथा समीर कार्कीले २२ रन थपे। सुदूरपश्चिमका नारायण जोशीले २ विकेट लिए। नरेन साउद र बसन्त खत्रीले समान १ विकेट झारे। त्यसअघि…

Read More