Author: महेन्द्रनगर पोष्ट

बैतडी: सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन्। पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन्। सोही ठाँउको सन्सेरीमाण्डौ बजार क्षेत्रको पनि अवस्था उस्तै छ। जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा सिसा अव्यवस्थित रुपमा यत्रतत्र देख्न पाइन्छ। ‘गाउँघरतिर मदिराका पसलहरू थुप्रै खुले, सिसीहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका –४ स्थित पञ्चदेव आधारभुत विद्यालयका शिक्षक भानबहादुर महरा भन्छन्, ‘ग्रामीण बजारहरू मदिरा पसलले भरिन थाले, सिसाले वातावरण भरियो।’ जहाँतहीँ फुटेका सिसाले विद्यार्थीहरूका लागि हिँडडुलमा समस्या आएको शिक्षक महरा बताउँछन्। ‘हिंडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतहरूमा समेत सिसाहरू धेरै छन्।’ ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै…

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाको पहिलो खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  यतिबेला (आइतबार) देशका पहाडी भूभागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै भूभागमा आंशिक बदलीको अवस्था छ। देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे…

Read More

धनगढी : बाजुरामा शिवरात्रीको दिन भाङ खाएर नदिमा हाम फालेकी छिन । जिल्लाको त्रिवेणी नगरपालिका-२ कि जानकी न्यौपानेले बुढिगङ्गा नदिमा हामफालेकी हुन । उनले आफ्नो फेसबुक पोस्टमा झुक्याएर भाङ खुवाएपछी सहन नसकेर नदिमा हाम फालेको उल्लेख गरिकी छिन । साथै आफ्नो मृत्यु र परिवारको जिम्मेवारी भाङ खुवाउनेले लिनुपर्ने लेखेकी छिन् । जानकीको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । मृतक महिला गाउँ सिम्लाबाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ । शुक्रबार महाशिवरात्रिका साथै नारी दिवस पनि परेको थियो । मृतक महिला उनको गाउँ सिम्लामा नै नारी दिवस मनाउने कार्यक्रममा…

Read More

काठमाडौँ : १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् । बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख…

Read More

डोटीः जोरायल गाउँपालिका–६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ। वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका–३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको वडा अध्यक्ष गणेशबहादुर बोहराले बताए। बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो। दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ। यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ। वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य…

Read More

धनगढी : बझाङको जयपृथ्वी नगरपालिका-१ का दुई जनालाई सरकारले सहिद घोषणा गरेको छ । प्रज्वल शाही र रामबहादुर सिहंलाई सहिद घोषणा गरिएको हो । गत पुस २४ गते बसेको मन्त्री परिषद् बैठकले उनीहरु सहित २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को निर्णय अनुसार उनीहरूको नाम फागुन २२ गते राजपत्रमा प्रकाशित भएको छ। शाही र सिहंको भिन्दाभिन्दै बम बिस्फोटमा मृत्यु भएको थियो । बझाङबाट उच्च शिक्षाका लागि काठमाडौं गएका प्रज्वल तत्कालिन समयमा नेत्रविक्रम चन्दसँग विप्लव विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए । प्रज्वलको २०७६ जेठ १२ घट्टेकुलोस्थित आफ्नै कोठामा बम बनाउने क्रममा विस्फोट हुदाँ मृत्यु भएको…

Read More

काठमाडौं : चिनियाँ जनसेनाका मेजर जनरलको नेतृत्वमा छ सदस्यीय टोली काठमाडौं आइपुगेको छ । अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली कतारको राजधानी दोहा हुँदै आएको बताइएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् । नेपाल भ्रमणपछि टोलीको आगामी मंगलबार राति सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी विजय थापाले स्वागत गरेका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्री रेशम चौधरीलाई भेट्न शनिबार बर्दिया पुगेका छन् । नागरिक उन्मुक्तिबाट सरकारमा रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री इन्दिरा चौधरी रेशमरीलाई भेट्न बर्दियाको पुगेका गुलरिया हुन । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ (श्रीमती)संगको विवादले रन्थनिएका रेशम घरमै आराम गरिरहेका छन् । आफूलाई भेट्न बर्दीया पुगेका मन्त्रीहरुलाई रेशमले राम्रो काम गर्न निर्देशन दिएका छन् । उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिएका हुन् । ‘सरकारमा समर्थन रहन्छ । उक्त भेटमा सम्भावित राजनैतिक परिस्थितका विषयमा पनि कुराकानी भएको थियो ।…

Read More

धनगढीः नेपाली सेनाले धनगढी रङ्गशालामा प्रदर्शनी सुरु गरेको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले धनगढी रङ्गशालामा २६१ औँ नेपाली सेना दिवस अवसरमा प्रदर्शनी गरिएको हो । नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउने गरेको छ। तर, धनगढीमा एक दिन ढिलो दिवस मनाइएको हो। धनगढीमा शनिवार मनाइएको सेना दिवसमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगाएत विभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो। जनस्तरमा नेपाली सेनाको सम्बन्ध बलियो बनाउन प्रदेश स्तरमा प्रस्तुति तथा पदर्शनीसमेत गरिएको छ। धनगढीस्थित कवर्ड…

Read More