Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

Read More

काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो । ‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रबि लामिछानेका तत्कालीन पार्टनर जिबी राईसँग राष्ट्रपतिका कानुनी सल्लाहकारको कनेक्सन भेटिएको छ। सर्वसाधारणले सहकारी संस्थाहरुमा जम्मा गरेको अरबौँ रुपैयाँ कुम्ल्याएर फरार रहेका गोरखा नेटवर्क प्रालिका अध्यक्ष जिबी राईसँग सल्लाहकार बाबुराम कुँवरको कनेक्सन देखिएको हो। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) समेत रहेका वसन्त कुँवरका दाई नाता पर्ने बाबुराम यस अगाडि गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका थिए। त्यस अगाडि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला भएका बेला कुँवरलाई महान्यायाधिवक्ता नियुक्त पनि गरिएको थियो। कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहिसकेका छन्। हाल राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार रहेका उनी केही…

Read More

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्। भोलि फागुन ७ गते ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस बनाइँदैछ। ‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,’ पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जारी सन्देशमा भनिएको छ, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न।’ निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेको उल्लेख गर्दै…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा पर्सि पनि सार्वजनिक बिदा दिइएको छ । मोहन्याल जात्राको अवसरमा फागुन ८ गते पालिकाभर बिदा दिने निर्णय गरिएको बताइएको छ । नगरपालिकाले जारी गरेको सूचनामा सो दिन नगरभित्रका सम्पूर्ण कार्यालय, संघसंस्था तथा शिक्षण संस्था बन्द रहने उल्लेख छ । भनिएको छ, ‘फागुन ८ गते मंगलबारका दिन पर्ने मोहन्याल जाँत (जात्रा)को उपलक्ष्यमा घोडाघोडी नगरपालिकाअन्तर्गतका कार्यालय, संघसंस्था तथा शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सुदूरपश्चिम प्रदेशको डोटीबाट शुरु भएको यो जात्रा अहिले प्रदेशका अन्य जिल्लामा पनि मनाउने गरिएको छ । वर्षमा दुईपटक एकादशीका दिन मोहन्याल जात्रा…

Read More

काठमाडौं : प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो । सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो । बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । उनका अनुसार, घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

Read More

धनगढी : नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य खडक बम एमालेमा फर्किएका छन् । आइतबार नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन समारोहमा आयोजित सभामा उनि एमाले फर्किएका हुन । बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएर पार्टी प्रवेश गरेका हुन । उनले एमाले फुटेर कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै एमाले फर्किएको बताएका छन् । कार्यक्रममा बम सहित झण्डै तीन ३ दर्जन बढि एमाले प्रबेश गरेका छन् ।

Read More

काठमाडौं : एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’, उनले भने, ‘हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताए । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो…

Read More

काठमाडौं : सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलिएको छ। मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरूले आज अधिकारीलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएको छ। उनले कर्मचारीको वृत्ति विकासमा विभेद गरेको, आन्तरिक क्रियाकलापमा राजनीति घुसाएको र भाग माग्ने गरेको जनाउँदै मोसो दलिएको अनेरास्ववियू (क्रान्तिकारी) ले बताएको छ।

Read More