Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिममा पहिलोपटक जरिवानाको रकम सोझै ट्राफिक प्रहरीको बैंक खातामा संकलन हुने मेसिन जडान भएको छ । किस्को मेसिन अर्थात सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैंक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिवबहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा उक्त मेसिनको उद्घाटन गरेका छन् । मेसिनले सेवाग्राहीले ट्राफिकको फाइन तिर्न अब बैंक धाउने बाध्याताका अन्य गराउने वस्नेतले बताए । यस्तै ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता अनिल कुमार उप्रेतीले मेसिन काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको बताए । उनकाअनुसार मेसिनले बैंकमा पैसा जम्मा गर्ने, रिचार्ज…

Read More

काठमाडौं : सरकारले पेट्रोलको भाउ बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा…

Read More

धनगढीः कैलालीको धनगढीबाट अबैध काठ बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-१७ पथरी गाउँ स्थित सोही ठाउँ बस्ने ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान–१ (१८ क्युफिट) अबैध काठ प्रहरीले आईतवार राति नियन्त्रणमा लिएको हो। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध काठ फेला पारी कारवाहीको लागि चौधरीसहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।

Read More

काठमाडौं : नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन । आयरल्याण्डले दुई सय २३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव तीन ओभरमा दुई सय एक रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै…

Read More

धननगढी : उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषदमा उजुरी दर्ता भएको छ । दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका ४ का किशोर स्वर्गीय विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले पीडितको तर्फबाट न्यायपरिषदमा मुख्य न्यायधीश थापाविरुद्ध उजुरी दिएका हुन् । मतदानको विषयमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्तहरू बिच भएको विवादको सिलसिलामा मिति २०७९ जेठ १७ गते नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध युवाहरूबिच पुनः विवाद भएको थियो । सोही दिनको राति ९ बजेतिर प्रहरीको एक हुल गाउँ पसेर नेकपा एमाले समर्थकहरूको घरघरमा पसेर धरपकट गरेको र प्रहरीको संरक्षणमा अपहरण गरी १५ वर्षीय किशोर विनोद…

Read More

धनगढी: बैतडीका ललित बोहरा राजनीतिक दल अदलबदलमा माहिर देखिएका छन्। पत्रकारसमेत रहेका बैतडीका बोहरा दल अदलबदलमा माहिर देखिएका हुन्। उनले हालसम्म ३ पार्टी अदलबदल गरिसकेको बताइएको छ। तत्कालीन समयमा नेकपा एमाले निकट रहेर पत्रकारिता गरेका बोहरा तत्कालीन नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर हानिएका थिए। तर, पछि समाजवादीमा पनि नटिकेर अहिले उनी नेकपा माओवादी केन्द्रतिर पुगेका छन्। आजमात्रै उनलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको प्रदेश सदस्य बनाइएकोमा बधाई खाइरहेका छन्। सेन्टर स्रोतका अनुसार उनी बैतडीको पाटन नगरपालिकाको उपमेयरको सहयोगी बनेर काम गरिरहेकाले माओवादीतिर आएका हुन्। समाजवादी निकटलाई सहयोगी राखेको भन्दै सेन्टरको आपत्ति उपमेयरकहाँ पुगेपछि बोहरा माओवादी नै हुन बाध्य भएका…

Read More

धनगढी: सुदूरपश्चिममै पहिलोपटक गोठालो डेरीले आफ्नो अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।छोटो समयमै केक तथा चिया पारखीहरुको रोजाइमा परेको गोठालोले अनलाइन केक अर्डर सिस्टम लागु गरेको हो। आज आइतबार एक कार्यक्रमकाबीच गोठालाले आफ्ना सेवाहरुमा अनलाईन केक अर्डर गर्ने सेवा पनि थप गरेको कार्यक्रम संयोजक महेश बडुले बताए। सेवा बजारकै प्रदान गरिरहेको गोठालोमा तरिका भने गोठालोकै रहेको उनले बताए। ग्राहकले अनलाइलमार्फत आफूलाई मनपर्ने ८ प्रकारको स्वाद भएका ८० भन्दाबढी डिजाइन भएका केक अर्डर गर्ने सक्ने उनले बताएका छन्। गोठालोले केही समयमै होम डेलिभरीको व्यवस्था गर्ने जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिममै पहिलोपटक इलेक्ट्रोनिक खेल प्रतियोगिता हुने भएको छ। धनगढी ट्रेनिङ सेन्टरले विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त प्रतियोगिता गर्न लागेको हो। प्रविधिलाई प्रवर्द्धन गर्ने भन्दै इलेक्ट्रोनिक गेमका रुपमा लुडो, चेस र कार रेस गरि ३ वटा खेल खेलाइने बताइएको छ। हाल एसएईई परीक्षा दिइरहेका विद्यार्थीहरुल प्रतियोगितामा सहभागी हुन पाउने छन्। प्रतियोगितामा नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ भने सहभागी ४० जनालाई निशुल्क बृज कोर्स पढाईने जनाइएको छ। जसका लागि चैत ३० गतेसम्म आवेदन आह्वान गरिएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। भोलि (चैत १९) गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने गरिन्छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइनमार्फत् ठगी गर्दै आएको चिनियाँ गिरोहलाई नियन्त्रणमा लिएको छ। आज (आइतबार) चीनको हुनान प्रान्तका ३३ वर्षीय लुई गुई काई, हुपेई प्रान्तका २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छ्याङ छाऊलाई प्रहरीले पक्राउ गरेको हो। अनलाइन लटरी, सपिङ्गजस्ता विभिन्न प्रलोभनमा नेपाली तथा विदेशी नागरिकलाई ठगेको आरोपमा उनीहरुलाई प्रहरीले पक्रेको हो। त्यस्ता गतिविधिको सुक्ष्म निगरानी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५, बाट उनीहरुलाई हिजो नियन्त्रणमा लिएको थियो।  चिनियाँहरुको साथबाट प्रहरीले कम्प्युटर एक सय २० थान, मनिटर एक सय १८ थान, पासपोर्ट तीन वटा, मोबाइल ३५ थान, भारतीय सिमकार्ड १३ थान, ल्यापटप चार थान, प्रिन्टर…

Read More