धनगढीः सरकारी कार्यालयको समय एक घण्टा कम भएको छ। आजदेखि आगामी माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजे तोकिएको छ। शुक्रबारको दिन दिउँसो ३ बजे कार्यालय बन्द हुने छ। बैंक तथा वित्तीय संस्थाहरु भने माघ १५ गतेसम्म शुक्रबार बिहान १० बजे खुलेर दिउँसो साढे १ बजे बन्द हुन्छन्। जाडो समयमा दिन छोटो हुने भएकाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम हुने गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कञ्चनपुरमा भान्छा कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहितका छन्। उनीहरूको साथबाटनगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डी बरामद गरिएको छ।
काठमाडौँ: सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो। बैठकबाट संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।
काठमाडौँ: आज कात्तिक १६ गते देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घन्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घन्टा मात्रै तोकेको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।
कैलाली: पालिका अध्यक्षले युवतीलाई अँगालो मारेर नाचेको भिडियो भाइरल भएपछि कैलालीको जोशीपुर गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग नाचेको भिडियोलाई गलत रुपमा नबुझ्न भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ। हिजो निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘शंकर सामुदायिक वन उपभोक्ता समितिको मिति २०८०र०७र११ गते वार्षिक सधारणसभामा उद्घाटन सत्रमा वेलुकाको समयमा आयोजित कार्यक्रममा यस गाउँपालिका प्रमुखज्यूको नेपाली गित संगितमा नृत्य भएको छ, यस विषयलाई लिएर विभिन्न मिडिया र सामाजिक संजालमा गलत प्रचार भईरहेकोमा ध्यानाकर्षण भएको छ । यसलाई गलत रुपमा नबुझन र गलत प्रचार नगर्न अनुरोध गर्दछौ।’ केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक…
काठमाडौं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पेभेलिएनमा फर्किए। उनले दुई चौका हानेका थिए। समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा…
टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्। पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्।पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको संख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन् । पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार…
कञ्चनपुर: लागुऔषघ ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरको बेलौरीबाट एक युवकलाई पक्राउ गरेको छ। बुधबार साँझ बेलौरी नगरपालिका–८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा रानाको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ: इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।
बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका-१ नेटास्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाइते भएकी थिइन्। घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी लग्ने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।