Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएका छन्। ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको हो। नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको थियो। बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे तेजबहादुर चन्दले सेटिङमा उक्त ठेक्का हत्याएको कञ्चनपुरमा चर्चा छ। आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको बताइन्छ। भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। तर, उक्त ठेक्का पाएपछि महाकालीमा जथाभावी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त-८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप…

Read More

काठमाडौँ : लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो। लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ। इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन्।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए। समितिले वडा नम्बर १ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट एकै दिन विभिन्न मुद्धामा फरार रहेका तीन जना पक्राउ परेका छन्। आइतबार खेम खुना, पृथ्वी राना र सिद्धराज जोशीलाई पक्राउ गरिएको हो। नदि उकास तथा वन क्षेत्र खनजोत गरेको आरोपमा दोषि भइ फरार रहेका खुना पक्राउ परेका हुन्। उनलाई २०८० जेष्ठ २२ गते एक हजार जरिवान तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। यस्तै लागुऔषध मुद्धामा २०६३ जेष्ठ २ गते रानालाई अदालतले एक महिना कैद र एक हजार रुपैँया जरिवाना तोकेको थियो। यस्तै बैँकिङ मुद्धामा २०८० जेष्ठ १२ गते सिद्धराज जोशीलाई दोषी ठहर गरेको थियो। उनलाई बैँकिङ मुद्धामा एक महिना कैद र एक हजार जरिवाना तोकेको थियो। जोशी…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट आइतबार एक जना लागुऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

अछाम : अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ। जिल्लाको रामारोसन गाउँपालिका–३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा आइतबार आगलागी भएको हो। पसलमा बालेको धूपबाट एक्कासी आगो  सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट पसलभित्र रहेका लुगाकपडा, कस्मेटिक सामान गरि अन्दाजी ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो। 

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले उमा ज्ञवालीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा माध्यामिक विद्यालयमा विव्यस अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी परेको छ । कुनै समय जिल्लाको नमुना विद्यालय अहिलेचरम अस्थिरता विवाद र द्वन्द्वमा फसेको छ । फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । जस अनुसार फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, स्वार्थ समूहका आ आफ्नै अडान कायम रहे । सहमतिमा विव्यस गठन हुने कुरै भएन । फलस्वरुप ९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि रहेको छ ।…

Read More