बैतडी: बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए।
समितिले वडा नम्बर १ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ।
Facebook Comments Box